अस्ट्रेलियन शैक्षिक मेला हुने

काठमाडौँ, ४ भदौ : उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने नेपाली विद्यार्थीको सहजताका लागि ग्रेस इन्टरनेशनलले पहिलो पटक पूर्णतः डिजिटल प्रविधिमा आधारित अस्ट्रेलियन शैक्षिक मेलाको तयारी गरेको छ ।

कुनै कागज प्रयोग नगरी सहभागी विद्यार्थीको दर्ता गराई कागजरहित मेलाका लागि यही भदौ १३ गतेदेखि बुटवल, चितवन, पोखरा र काठमाडौँमा बृहद् अस्ट्रेलियन शैक्षिक मेलाको आयोजना हुने भएको हो ।

मेलाका लागि नेपाल सरकारले अनुमति दिइसकेको छ । उचित परामर्शका अभावमा विदेशमा पढ्न जाने विद्यार्थीले हैरानी पाइरहेको सन्दर्भमा मेलाले करियर डेभलपमेन्टका लागि सहज बनाउने ग्रेसका राष्ट्रिय निर्देशक एन्ड्रयु पौडेलले बताउनुभयो ।

सरकारबाट ‘नो अब्जेक्सन लेटर’ लिई विदेश जानेमध्ये अस्ट्रेलिया अहिले पहिलो सूचीमा पर्दै आएको छ । वार्षिक करीब ३० हजार विद्यार्थी अध्ययनका लागि सो मुलुकमा जाने गरेका छन् ।

मेलामा अस्ट्रेलियाका २० भन्दा बढी विश्वविद्यालय तथा कलेजको प्रत्यक्ष सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.