क्याम्पस प्रमुखमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने

काठमाडौँ, ३० फागुन : त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसको नेतृत्व तहमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने माग गरिएको छ । महिला प्राध्यापकले यहाँ आज पत्रकार सम्मेलन गरी विश्वविद्यालयअन्तर्गतका ६१ वटा आङ्गिक क्याम्पसमध्ये २० वटा क्याम्पसको क्याम्पस प्रमुख महिला प्राध्यापक हुनुपर्ने माग गरेका हुन् ।

प्रा मनसा थापा ठकुरीले संविधानमा उल्लेख गरिएको राज्यका हरेक संरचनामा ३३ प्रतिशत महिला सहभागितालाई कार्यान्वयन गर्र्दै विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा पनि प्रमुखमा महिला हुनुपर्नेमा जोड दिनुभयो ।

प्राध्यापक सङ्घ (पद्ममकन्या क्याम्पस) का सदस्य कल्पना श्रेष्ठले विश्वविद्यालयअन्तर्गतका क्याम्पसको प्रमुखमा ३३ प्रतिशत महिला प्राध्यापक राख्नुपर्ने माग गर्दै पटकपटक ध्यानाकर्षण गराउँदासमेत सम्बन्धित निकायबाट सुनुवाइ नभएको भन्दै गुनासो गर्नुभयो ।

एक महीनादेखि क्याम्पस प्रमुखको पद खाली भएको पद्ममकन्या क्याम्पसका प्राध्यापकले सो पदमा महिला प्राध्यापक हुनुपर्ने माग गर्दै सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् । प्रा विमला नेपालले क्याम्पस प्रमुखमा महिला प्राध्यापक सुनिश्चित गर्नका लागि महिला प्राध्यापकले नै दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal