प्याब्सनको नेतृत्वमा पुरीको पक्षमा सहमति

काठमाडौँ, २९ फागुन : निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ ।

नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष हुने गरी समझदारी भएको र सो विषयलाई हलमा प्रस्तुत गरिने तयारी भएको छ ।

विधानमा नभएको सहअध्यक्ष र केही पद थपघट गरेर मिलाउने तयारी गरिएको छ । सहमति पारित भएमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ र महासचिवमा कुमार घिमिरे हुनुहुनेछ । पूर्वअध्यक्ष लक्षबहादुर केसीका अनुसार अहिले बिहान ९ बजेसम्म पूर्ण सहमति गरेर ११ः३० बजे सहमतिको घोषणा गर्ने गरी तयारी भएको छ ।

कूल दुई हजार ४३८ प्रतिनिधि सहभागी सम्मेलनमा आज निर्वाचनको कार्यक्रम तय गरिएको थियो । महाधिवेशनको मङ्गलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.