काम्यक स्कूलले मनायो अभिभावक दिवस
काठमाडौँ, २५ फागुन : म्याराथुन धावक बैकुण्ठ मानन्धरले विद्यार्थीको भविष्य निर्माणमा प्रथमतः अभिभावकको नै महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ ।
राजधानीको बागबजारस्थित काम्यक स्कूलकोे अभिभावक दिवसको अवसरमा प्रमुख अतिथी धावक मानन्धरले आफ्नो देश र आफ्नोपनमा गर्व गर्न सक्नु नै असल अभिभावक र असल विद्यार्थीको कर्तव्य रहेको बताउनुभयो । विद्यार्थीको पहिलो पाठशाला नै घर भएकोले अभिभावक संस्कार युक्त हुँदा त्यसको प्रभाव उनीहरुका छोराछोरीमा पर्ने भएकोले हरेक अभिभावक यस तर्फ चनाखो रहनु पर्ने बताउनुभयो ।
धावक मानन्धरले विद्यार्थीहरुलाई स्वावलम्बी बन्न समेत आग्रह गर्दै आफ्नो विद्यार्थी जीवन र खेल जीवनका स्मरणहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
वरिरष्ठ अतिथि गीतकार बुद्धवीर लामाले हरेक अभिभावले आफ्ना छोराछोरीलाई स्कूल पठाएर मात्र कर्तव्य पुरा नहुने भएकोले उनीहरुका अन्य गतिविधीहरुको समेत निगरानी गर्नु पर्ने बताउनुभयो । गीतकार लामाले भन्नुभयो विद्यालयमा गराइने अतिरिक्त कृयाकलापलाई पाठ्यक्रम मै अनिवार्य कृयाकलापमा राख्न सके मात्र विद्यार्थीको चौतर्फी विकास हुने छ ।
धावक समेत रहनु भएका लामाले आफ्नो बाल्यकाल तथा विद्यार्थी जीवनको सम्झना गर्दै भन्नुभयो निरन्तर लागी रहने बानीले एकदिन सफलता अवस्य पुगिन्छ । जित्दा राष्ट्रको लागी हार्दा स्वास्थ्यको लागी भनेर आफुले स्वदेश तथा विदेशका विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर सफलता हासिल गरेको बताउनुभयो ।
हजारौँ चर्चित गीतका सिर्जनाकार लामाले विधि कोणबाट गीत लेख्न आफुले सुरुवात गरेको बताउँदै भन्नुभयो जो पढ्छ उ पक्कै अघि बढ्छ ।
सिनियर स्काउटर पुस्पलता भट्टराईले हरेक अभिभावक तथा शिक्षकले विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिनु पर्ने र विद्यार्थीहरुले पनी आत्मनिर्भर र स्वावलम्बी बन्न सिक्नु पर्ने बताउनु भयो ।
अभिभावक दिवसमा काम्यक स्कुलका पूर्व शिक्षक खेम कडरिया, शहिद शुक्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम खड्गी, अभिावक टिकाराम पोख्रेलले विद्यालयको प्रगतीले आफुहरुलाई खुशि लागेको बताउँदै शुभकामना दिनुभएको थियो ।
विद्यार्थीहरुको तर्फबाट कक्षा १० कि विद्यार्थी प्रशंसा तुलाधरले गहकिलो मन्तव्य दिएकी थिइन भने विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थिए । यसै सन्दर्भमा म्याराथुन बैकुण्ठ धावक मानन्धरलाई खेल क्षेत्रको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन सफल हुनुभएकोमा सम्मान समेत गरिएको थियो ।
सहायक प्रिन्सिपल हरि भट्टराईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रिन्सिपल धनेश्वर राउतले विद्यालयका विविध गतिविधी बारे प्रकाश पार्दै आगामी बर्षदेखि प्लस टु सञ्चालन गरिने समेत जानकारी दिनुभयो ।

