समकक्षता नदिँदा समस्या

काठमाडौँ, २६ माघ : भारतको लखनउस्थित बोर्ड अफ सेकेन्डरी संस्कृति एजुकेशनबाट संस्कृतिमा पूर्वमध्यमा (प्रवेशिका परीक्षा सरह) उर्तिण गरेका विद्यार्थीलाई नेपालमा समकक्षता प्रदान नगर्दा समस्या भएको छ ।

पाठ्यक्रम विकास केन्द्र अन्तर्गत समकक्षता निर्धारण समितिले पूर्वमध्यमा अध्ययन गरेका विद्यार्थीलाई समक्षकता प्रदान नगर्दा समस्यामा परेको संस्कृतिका प्राध्यापक आकाश निलमले जानकारी दिनुभयो ।

उहाँले पहिले समकक्षता प्रदान गरेर पनि २०७३ सालबाट कार्य नगर्दा करीब दुई सय विद्यार्थी समस्यामा परेको बताउनुभयो । सम्पूर्णानन्द संस्कृति विश्वविद्यालय अन्तर्गत उक्त बोर्डले संस्कृति विषय पढाउने गरेको छ ।

उहाँले विद्यार्थीले नेपालमा माथिल्लो तहमा पढ्न पाए पनि जागिर खान नपाएको बताउनुभयो । अहिले पनि संस्कृति पढ्न करीब पाँच हजार विद्यार्थी भारत जाने गरेक छन् । समितिका शाखा अधिकृत रुद्रराम रेग्मीले ती विद्यार्थी पढेको बोर्ड काउन्सिल अफ बोर्ड सेकेण्डरी एजुकेशनले कालोसूचीमा राखेकोले समकक्षता प्रदान नगरिएको बताउनुभयो ।

‘‘अहिले उक्त बोर्डलाई भारत सरकारले कालोसूचीमा राखेको छ’’ उहाँले भन्नुभयो,‘‘कालोसूचीमा राखिएकोले हामीले अहिले समकक्षता दिन बन्द गरेका हौ ।’’उहाँले उक्त बोर्ड कालोसूचीमा परेका बारेमा परराष्ट्रमन्त्रालय हुँदै भारत सरकारसँग स्पष्ट धारणा माग गरिएको बताउनुभयो । समितिले प्रवेशिका परीक्षासम्मको समकक्षता प्रदान गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal