उपसचिवमाथि हातपात गर्ने विद्यालय निरीक्षकलाई कारवाही

काठमाडौँ, २८ साउन : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको विषयलाई दिएर मन्त्रालयका उपसचिव ऋषिराज आचार्यमाथि हातपात गर्ने विद्यालय निरीक्षक जीवन भण्डारीलाई कारवाही गर्ने भएको छ ।

आइतबार अपराह्न सरुवाको विषयलाई लिएर संघ तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख आचार्यमाथि हातपात गर्ने भण्डारीलाई निजामती सेवा ऐन अनुसार कारवाही गरिने बताउनुभयो । आफूले भनेको ठाउँमा सरुवा नगरेको भन्दै भण्डारीले उपसचिवमाथि हातपात गर्नु भएको बताइएको छ । विद्यालय निरीक्षक भण्डारीले उपसचिव आचार्यमाथि कुटपिट गर्नाका साथै मन्त्रालयको गमला र फर्निचरसमेत तोडफोड गरेको अभियोग लगाइएको छ ।

सरुवाका विषयमा आइतबार हातपात भएपछि आज मन्त्रालयमा भीडभाड देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.