विद्यालय शिक्षामा समेट्ने गरी पाठ्यक्रम तयार : शिक्षामन्त्री पोखरेल

भक्तपुर, ७ माघ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योगका बारेमा विद्यालय शिक्षामा समेट्ने गरी पाठ्यक्रम तयार पार्न लागेको बताउनुभएको छ ।

नेपाल सरकारले तय गरेको ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने नारासहित मध्यपुर थिमि राधे राधेमा राष्ट्रिय योग दिवस २०७५ को समापन कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । मन्त्री पोखरेलले भन्नुभयो, “विद्यालय शिक्षामा सैद्धान्तिक रुपमा नै यसलाई समेट्दै विद्यालय पाठ्यक्रममा राख्ने गरी पाठ्यक्रममा तयार भइरहेको छ, हाम्रो सभ्यता र संस्कृति वैज्ञानिक छ, हाम्रो जडीबुटी, प्राकृतिक चिकित्सा र योगलाई विद्यालय शिक्षामा सैद्धान्तिक सहमति दिएर पाठ्यक्रममा तयार हुन लागेको छ ।”

योगलाई सबै जिल्लामा पु¥याएर यसमा विभिन्न छलफल गरी प्रभावकारी ढङ्गले अभियानका रुपमा लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । अहिलेको परिस्थितिमा अनुकूल भएकाले विभिन्न खालको समस्याको समाधान गर्ने बताउँदै उहाँले शारीरिक र मानसिक रुपमा यसले मानव जीवनलाई सही बाटोमा काम गर्न अभिपे्ररित गर्ने उहाँको भनाइ थियो ।

सांसद महेश बस्नेत, प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, मध्यपुर नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, योगगुरु हरिप्रसाद पोखरेललगायतले योगको महत्वबारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.