संस्कृत भाषा पाठशालामा अन्य विषयको पढाइ

गोदावरी, २१ पुस : संस्कृत भाषा पाठशालामा संस्कृतको अलावा अन्य विषयको पढाइ हुनथालेको छ ।

संस्कृत विषयप्रति आकर्षण घट्दै जाँदा ११ दशक अघि ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभूमा स्थापना भएको ‘संस्कृृत भाषा पाठशाला’ मा अहिले संस्कृतको अलावा अन्य विषयको पढाइ हुनथालेको हो ।

विसं १९४७ मा स्थापना भएको यो पाठशालालाई विसं २०४१ मा माध्यमिक विद्यालयमा रुपान्तरण गरिएको लुभू मावि व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल सिंहले जानकारी दिनुभयो ।

“लुभूमा संस्कृत अध्ययन गर्ने विद्यार्थी सङ्ख्या कम भएसँगै विसं २०४१ देखि नेपाली भाषाको अध्ययन तथा अध्यापन गर्न शुरु गरियो”, लुभू–८ का वडाध्यक्ष विश्वराज श्रेष्ठले भन्नुभयो, “यस वर्षदेखि नेपाल सरकारले लागू गरेको नयाँ शिक्षामा जोड दिनुपर्छ भन्ने मान्यताका साथ पुसको अन्तिम सातादेखि स्नातक तहमा सिभिल इञ्जिनीयरिङ पढाइ हुँदैछ ।”

“लुभू माविमा शिशुकक्षादेखि मावि तहसम्म अध्ययन गर्ने करीब ४०० विद्यार्थी रहेका छन्”, लुभू माविकी प्रधानाध्यापक प्रभा लक्ष्मी अमात्यले भन्नुभयो, “यस वर्षदेखि हामीले प्राविधिक शिक्षामा जोड दिउँ भन्ने उद्देश्यका साथ सिभिल इञ्जिनीयरिङको कक्षा सञ्चालन गर्न लागेका हौँ, नगरपालिकाले इञ्जिनीयरिङ तहमा अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध गराउने विश्वास दिलाएको छ ।”

सो माविले सिभिल इञ्जिनीयरिङका लागि ४८ विद्यार्थी भर्ना गर्न पाउने स्वीकृत पाएको छ । तीमध्ये ४४ विद्यार्थीलाई इञ्जिीनयरिङ अध्ययन गर्दा सबै शूल्क तिर्नुपर्छ । बाँकी रहेका चार जना विद्यार्थी भने मेहेनती, जेहेन्दार, गरीब विपन्न, दलित, उत्कृष्ट नतिजा हासिल गर्न सफलबाट छनोट हुनुहुने छ”, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रका प्रमुख डिएन पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.