प्रतिवेदन तयारीका लागि राष्ट्रिय सम्मेलन

काठमाडौँ, ४ पुस : समाजवादउन्मुख शिक्षा नीतिको खाका कोर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रतिवेदनका लागि अन्तिम सुझाव तयार गर्न बिहीबार राष्ट्रिय शिक्षा सम्मेलन आयोजना गर्दैछ । 

नेपालको संविधान र नयाँ सङ्घीय संरचनाअनुकूल समग्र शिक्षा प्रणालीलाई गुणस्तरीय, प्रतिस्पर्धी, जीवनोपयोगी, सुसंस्कृत र आधुनिक तथा प्रविधिमैत्री बनाई मुलुकलाई आवश्यक पर्ने जनशक्ति तयार गर्न प्रारम्भिक बाल शिक्षादेखि विश्वविद्यालय शिक्षासम्मको समग्र शिक्षा नीति तथा कार्यक्रमसहितको सुझाव र कार्यान्वयन ढाँचा सिफारिश गर्न गत असार ३२ गते मन्त्रिपरिषद्बाट सो आयोग गठन भएको थियो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित आयोगले प्रतिवेदनको मस्यौदा तयार गरी सातै प्रदेशमा छलफल सम्पन्न गरिसकेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा आम शिक्षा सरोकारवाला र विज्ञहरुलाई आमन्त्रण गरिएको मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.