नेशनल प्याब्सन काठमाडौंको सचिवमा सेढाईंको उम्मेदवारी

काठमाडौँ, १४ भाद्र । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को यहि भाद्र २७ गते काठमाडौँमा हुन गईरहेको ८ औं जिल्ला अधिवेशनमा जिल्ला सचिव पदको उम्मेदवारी पिपल्स एकेडेमी सीतापाईलाका प्रिन्सीपल रामवावु सेढाईले घोषणा गर्नु भएको छ ।

सातौं अधिवेशनबाट सह-सचिव पदमा निर्वाचित सढाई विभिन्न संघ-संस्थामा आवद्ध भई कार्य गरिरहनु भएको छ । धार्मिक एवं सामाजिक व्यक्तित्व सेढाई Centre for Academic Development (CAD, Nepal) का पूर्व अध्यक्ष सेढाई श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल काठमाण्डौ जिल्ला अध्यक्ष पनि हुनुहुन्छ ।

विगत २७ बर्षदेखि शैक्षिक क्षेत्रमा आवद्ध रहि १७ बर्षदेखि नेशनल प्याबसनका विभिन्न पदमा बसी कार्य गर्नु भएका सेढाई अति शालिन भद्र व्यक्ति भनेर शिक्षा क्षेत्रमा परिचित हुनुहुन्छ । नेशनल प्याब्सन नागार्जुनका संस्थापक नेशनल प्याब्सन नागार्जुनका संस्थापक समेत रहनुभएका सेढाई समाजमा व्याप्त शैक्षिक अराजकता, विद्यार्थीहरूमा घट्दै गईरहेको नैतिकता आचरणमा सुधार गर्दै संस्थागत विद्यालयहरूलाई व्यवस्थित र राष्ट्र प्रति इमान्दार भई बढ्न र बढाउन पनि उहाँको उम्मेदवारी आवश्यक रहेको भन्दै आफूलाई सचिव पदमा जिताउन सेढाईले अपिल गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.