गुर्मछानको कथा सङ्ग्रह बजारमा

काठमाडौँ, ९ भदौ : दिनमान गुर्मछानले लेख्नुभएको ‘दंश’ नामक कथा सङ्ग्रह बजारमा आएको छ ।

सामाजिक विषयवस्तुलाई मनोवैज्ञानिक आख्यानात्मकरुपमा समेटिएको उक्त कृतिभित्र रहेका १८ वटा कथाले समाजका यथार्थतालाई देखाउन खोजिएको छ ।

पुस्तकको विमोचन गर्दै प्रा डा अभी सुवेदीले नेपाली समाजमा अनेक कारणले ठगिएका र डसिएका मानिसको जीवनका विभिन्न आयामलाई लेखकले साहित्यमार्फत बाहिर ल्याएको बताउनुभयो । उहाँले मुलुकको समृद्धिका लागि विपन्न वर्ग तथा पिछडिएका समुदायको सामाजिक रुपान्तरणमा साहित्यकारले सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

समालोचक सदीक्षा ढकालले कृतिको समीक्षा गर्दै मुलुकको राजनीतिक अस्थिरताका कारण आर्थिक प्रगति हुन नसकेका सन्देश कृतिमा पाइएको विचार व्यक्त गर्नुभयो । उहाँले नागरिकको सामाजिक सशक्तीकरण नभइकन देश विकास हुन नसक्ने विश्लेषण कथामा रहेको बताउनुभयो ।

लेखक गुर्मछानले समाजमा रहेको विकृति तथा अन्धकारलाई न्यूनीकरण गरी उज्यालो ल्याउन सकिन्छ भन्ने सन्देश दिन आफूले सो कृति प्रकाशनमा ल्याएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.