वाल्मीकि विद्यापीठमा गुञ्जिए भानुभक्तीय रामायणका श्लोकहरू

रवि कुमार ढुङ्गाना । काठमाडौँ, १ साउन : आदीकवी भानुभक्तको २१० औँ जन्मजयन्तीको अवसरमा राजधानीको प्रर्दशनीमार्गस्थित वाल्मीकि विद्यापीठमा प्रतियोगितात्मक भानुभक्तीय रामायणका श्लोकहरू वाचन एक कार्यक्रमका वीच सम्पन्न भएको छ ।

विद्यापीठमा कर्मकाण्ड विषयमा अध्ययनरत विद्यार्थीहरुवीच प्रतियोगितात्मक भानुभक्तीय रामायणका श्लोकहरू वाचन कार्यक्रमको आयोजना भएको हो । विद्यापीठका प्रचार्य प्रा. डा. भागवत ढकालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त वाचन कार्यक्रममा १६ जना प्रतियोगीहरुले भानुभक्तीय रामायणका श्लोकहरू वाचन गरेका थिए । कर्मकाण्डका मुख्य प्रशिक्षक नारायण प्रसाद कोइराला, उपप्राध्यापकहरु दीपक घिमिरे तथा रामप्रसाद रिमाल गुरुहरुको निर्णायक टोलीले वाचनमा सहभागि १६ जना मध्येबाट प्रथम सागरमणी ढुङ्गाना, द्वितीय नवराज पौडेल र तृतीय अजय पोखरेलाई घोषणा गर्नुभयो ।

प्रतियोगितात्मक भानुभक्तीय रामायणका श्लोकहरू वाचन गर्नेहरुमा रमेश न्यौपाने, नवराज पौडेल, रामप्रसाद शर्मा, देसार गुरागाँई, माधव प्रसाद दाहाल, अजय पोखरेल, मधुसुदन चालिसे, चिरनज्योती पोख्रेल, सागरमणी ढुङ्गाना, भरत प्रसाद ढकाल, बद्री प्रसाद पौडेल, कुशुराम सापकोटा, लिलानाथ सुवेदी, भीमराज ढकाल, अनिल नेपाल र कुलचन्द्र वाग्ले रहनु भएको थियो । अतिथि वाचकहरुमा निर्णयकमा रहनु भएका गुरुहरु तथा केशव प्रसाद पौडेल, ऋषिकेश घिमिरे, रामप्रसाद खनाललगायतले पनी भानुभक्तीय रामायणका श्लोकहरू वाचन गर्नुभएको थियो ।

विजयी प्रतियोगीहरुलाई प्रमुख आतिथि तथा विद्यापीठका प्रचार्य प्रा. डा. भागवत ढकाल र निर्णयक गुरुहरुले मायाको चिनो र प्रशंशा–पञ प्रदान गर्नुभयो । विजयी वाचकहरुलाई प्रचार्य ढकालले बधाई दिदै पृथ्वीनारायण शाहले भूगोल एकिकरण गर्नुभएको थियो भने भानुभक्तले भाषका माध्यमबाट नेपाली समाजलाई एकसुत्रमा बाँध्नु भएको दृष्टान्त प्रस्तुत गर्नुभयो । उहाँले नेपाली भाषा साहित्यमा भानुभक्तले पु-याउनु भएको योगदान अविष्मरणीय र अतुलनीय रहेको बताउनु भयो । प्रचार्य ढकालले अध्ययनरत विद्यार्थीहरुले नै यस्तो कार्यक्रम आयोजना गरेकोमा विद्यापीठ परिवार र आफ्नो तर्फबाट समेत धन्यवाद दिनुभएको थियो ।

उक्त प्रतियोगितात्मक भानुभक्तीय रामायणका श्लोकहरू वाचन कार्यक्रम टेकनाथ न्यौपानेको सञ्चालन तथा दण्डपाणी पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तस्विरहरु : प्रभाकर खनाल र कुशुराम सापकोटा

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.