नेपाली काष्ठकलामा सामग्रीका आकर्षण

काठमाडौँ, ८ असोज : नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गरेको फर्निचर मेलामा नेपाली परम्परागत तथा मौलिक काष्ठकलाका सामग्रीमा अवलोकनकर्ताको प्रमुख आकर्षण रहेको पाइएको छ । यही असोज ४ गतेदेखि सुरु भएको मेला आज सकिएको आयोजकले जनाएको छ । मेलामा ७५ हजार बढीले अवलोकन गरेका छन् ।

अधिकाशंले विदेशीभन्दा नेपाली काष्ठकलालाई नै मन पराएको सङ्घका अध्यक्ष राजेशकाजी अग्रवालले जानकारी दिनुभयो । मेला अवधिमा भएको व्यापार तथा तथा अवलोकनकर्ताको बाक्लो उपस्थितिले पनि नेपाली मौलिक फर्निचरको विकास र बजारीकरणमा समेत सहयोग पुगेको सङ्घको भनाइ छ । आयोजक संस्था फर्निचर तथा फर्निसिङ सङ्घ उत्साहित बनेको छ ।

सङ्घका अध्यक्ष अग्रवालले भन्नुभयो, ‘‘व्यापारका हिसाबमा ठूलो परिमाणको सामान ‘बुकिङ’ भएको छ । अधिकांश उपभोक्ताले नेपाली मौलिक सामानलाई नै बढ्ता चासो देखाउनुभएको छ । हामी असाध्यै उत्साहित भएका छौँ ।’’ आगामी वर्ष अझै विस्तारित शैलीमा मेलाको आयोजना गर्ने भन्दै उहाँले आर्थिक समृद्धि र विकासका लागि समेत नेपाली काठ तथा फर्निचरको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घले मेलालाई प्रवद्र्धन गरेका थिए । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगत छ वर्षदेखि मेलाको आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.