बिद्यार्थीहरुले नै सञ्चालन गर्दै बिद्यालय

प्रिन्सिपलको भूमिका निभाईरहेकी कक्षा १० कि छात्रा प्रशंसा तुलाधर

गोमा भण्डारी । काठमाडौं ५ भदौं : राजधानीको बागबजारमा रहेको काम्यक स्कुल आज बिद्यार्थीले नै सञ्चालन गरेका छन् ।

झट्ट सुन्दा नौलो लाग्ने यो समाचार शिक्षकहरुको हड्ताल भएर पो हो कि बिद्यार्थीले स्कुल सञ्चालन गनुपर्ने अवस्था आइपरेको भान पनि पर्न सक्छ तर होइन आज काम्यकले विगत तीन बर्षदेखि सञ्चालन गर्दै आएको काम्यक स्टुडेण्ट्स डेमा एक दिनका लागि सुरक्षा गार्डदेखि प्रिन्सिपलसम्म सबै भूमिका बिद्यार्थीहरुले निभाएका छन् ।

आज बिद्यालयको सुरक्षा गार्ड, सहायक, रिसेप्सनिष्ट, एकाउण्टेन्ट, शिक्षक, सहायक प्रिन्सिपल, प्रिन्सिपल, डिसिप्लेन इन्चार्ज, कोअर्डिनेटर, क्यान्टिन सञ्चालनलगायतका विविध जिम्मेवारी बिद्यार्थीहरु आफै सहभागी भएर बिद्यालय सञ्चालन गरेको दृष्य हेर्न लायकको थियो ।

शिक्षिकाको भूमिका निभाईरहेकी कक्षा ९ कि छात्रा प्रमिता पोख्रेल

समुहमा काम गर्न र जिम्मेवारी महसुस भएको आज प्रिन्सिपलको भूमिका निभाईरहेकी कक्षा १० कि छात्रा प्रशंसा तुलाधर बताउनु हुन्छ । आफ्नो अनुभव सुनाउँदै एक दिनकी प्रिन्सिपल तुलाधर आफु बिद्यार्थी हुँदा सहज जस्तो लाग्ने गरेको तर जिम्मेवारी पुरा गर्न भने गाह्रो हुने अनुभव सुनाउनु हुन्छ ।

बिद्यार्थीलाई जिम्मेवारी र कर्तव्य बोध गराउने उद्देश्यले हरेक बर्ष अतिरिक्त कृयाकलाप अन्र्तगतको ब्यवहारिक शिक्षा दिने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको बिद्यालयका सहायक प्रिन्सिपल हरि भट्टराईले जानकारी दिनुभयो ।

कहिले पाक शिक्षा सिकाउने, कहिले कौसी खेती सिकाउने त कहिले एक दिनको लागी बिद्यार्थीहरुले सांसद बनेर संसद चलाउने जस्ता विविध कार्यक्रमहरुको आयोजन गर्ने गरेको काम्यक स्कुलका अध्यक्ष धनेश्वर राउतले जानकारी दिनुभयो ।

सधै बिद्यालयकोे पोशाकमा झोला बोकेर आउने कक्षा ८, ९ र १० का बिद्यार्थीहरु आज औपचारिक पोशाकमा आआफ्नो भूमिकामा व्यस्त देखिन्थ्ये । बेञ्चमा बसेर पढ्ने बिद्यार्थीहरु आज मार्कर र डस्टर लिएर प्लेग्रुप देखि कक्षा सातसम्म पढाईरहेका देखिन्थ्ये भने सधै पढाउने शिक्षक शिक्षिकाहरु चै आज पर्यवेक्षकको रुपमा नियालिरहनुभएको थियो ।

शिक्षकको भूमिका निभाईरहेका कक्षा ८ का छात्र जे एम शाक्य
सहायक प्रिन्सिपल हरि भट्टराई
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.