मौद्रिक नीति कार्यान्वयन समीक्षा

नेपाल राष्ट्र बैंकका गर्भनर डा चिञ्जिवी नेपाल

काठमाडौँ, २२ माघ : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयनको अवस्था तथा समसामयिक आर्थिक तथा वित्तीय गतिविधि छलफल गरेको छ ।

वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त वित्तीय संस्था, पूर्वाधार विकास बैंक, बैंकर्स सङ्घ, बीमा कम्पनी, उद्योग वाणिज्य सङ्घसंस्था, अर्थ मन्त्रालय, आर्थिक क्षेत्रमा कार्यरत व्यावसायिक सङ्गठनका प्रमुख तथा पदाधिकारी र सञ्चारकर्मीसँग बैंकले छलफल गरेको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले साना तथा मझौला उद्योग, कृषि, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा लगानी बढाएर राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउन केन्द्रीय बैंक क्रियाशील रहेको जानकारी दिनुभयो ।

उहाँले दिगो विकास लक्ष्य हासिल गर्न राज्यका निकायहरुलाई सघाउने, पन्ध्रौँ योजना तथा सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेका आर्थिक विकासका गतिविधिलाई टेवा दिन राष्ट्र बैंक लागिपरेको बताउनुभयो । मूल्य स्थायित्व, बाह्य क्षेत्र स्थायित्व, वित्तीय पहुँच विस्तार तथा वित्तीय प्रणालीको सुधार गर्दै राष्ट्रको आर्थिक उन्नयनमा योगदान गर्नु मौद्रिक नीतिको उद्देश्य भएको स्पष्ट गर्दै त्यसलाई तदनुरुप कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको गभर्नर नेपालले बताउनुभयो ।

छलफलमा दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा औशत मुद्रास्फीति ६.३३ प्रतिशत रहेको, शोधनान्तर खाता रु २३ अर्बले बचतमा रहेको, निक्षेपको वृद्धिदर चार प्रतिशत, निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जाको वृद्धिदर ७.३ प्रतिशत रहेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.