पहिलो मल उद्योगमा चमेराको गुँड


चन्द्रकला भण्डारी । भद्रपुर, १४ माघ : झापामा रहेको मुलुकको पहिलो रासायनिक मल उद्योग ‘लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि ’ चमेराको बासस्थानमा परिणत भएको छ ।

मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा २०५९ सालमा स्थापना भएको थियो । सञ्चालनको केही समयपछि उद्योग बन्द हुँदा चराका बासस्थानमा परिणत भएको हो । उद्योगको कार्यालय र भवन झाडीले छोपिएका छन् ।

उद्योगले नेपालमै पहिलोपटक युरिया, नाइट्रोजन, पोटास, डिएपीलगायतका रासायनिक मल उत्पादन गरेको थियो । भारत सिक्किमका राजनीतिज्ञ अशोककुमार सुब्बाले नेपाली साझेदारसँग मिलेर उद्योग सञ्चालनमा ल्याउनुभएको थियो । उद्योग सञ्चालन गर्न कृषि विकास बैंकबाट सञ्चालकले रु २५ करोड ऋण लिएका बताइएको छ ।

चारआली– भद्रपुर सडकको छेउमा, गोरखकाली सिमेन्ट उद्योग र सेन्चुरी सिमेन्ट उद्योगको बीचमा चार बिघा जमिनमा रहेको सो उद्योगमा छ वटा साना ठूला भवन रहेका छन् । “भवनभित्र रहेका जेनेरेटर र मेशिनका पार्टपूर्जा केही पनि छैनन्”, उद्योगको रेखदेखको जिम्मेवारी लिनुभएको स्थानीयवासी गोपाल तिम्सिनाले भन्नुभयो, “ १७ वर्षदेखि उद्योग बन्द हुँदा सबै सामान चोरी भइसके, खोक्रो भवन मात्र बाँकी छ ।”

उद्योगको वरिपरि इँटाको पर्खालले घेरिए पनि कार्यालय परिसरभित्र बनमारा झार, तिते र विभिन्न जातजातिका वनस्पति उम्रिएर छन् । भवनका प्रायः कोठामा चमेराको वासस्थान रहेको चौकीदार दीपक राजवंशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“घरतिरबाट खेदाइएको हात्ती कहिलेकाहीँ रातभर यही बस्छन्, उद्योग क्षेत्र नै जङ्गलजस्तो भएकाले गाउँलेले लेखेटेका जङ्गली हात्ती पर्खाल भत्काएर पस्ने गरेका छन् ।”

उद्योगले भारतबाट भित्र्याएको रासायनिक मललाई प्याकेजिङ मात्र गरेर नेपाली ब्राण्डमा बेच्न थालेपछि बजार छिट्टै खस्किएको थियो । मल अलोकप्रिय भएपछि उद्योग बन्द भएको जनाइएको छ । ।

कृषि विकास बैंकको ऋण तिरिदिएर काठमाडौँ निवासी निरकुमार श्रेष्ठले रु सात करोडमा १४ महिना अघि सो उद्योग आफ्नो नाममा बताइएको छ ।

झापाको भद्रपुर नगरपालिका–५ मा उद्योगी सुबोध कोठारी, दीपक पोखरेल, बुद्धि घिमिरे र ओम अग्रवालको संयुक्त लगानी खोलिएको एभरेस्ट केमिकल एन्ड फर्टिलाइजर इन्डस्ट्रिज प्रालि पनि बन्द भएको छ । आठ वर्ष अघि रु चार करोडको लगानीमा स्थापना गरिएको सो उद्योग डेढ महिना सञ्चालन गरेर बन्द गरिएको थियो । उद्योगले मिश्रित दानादार धन वर्षा मल उत्पादन गर्दै आएको थियो ।

आवश्यक कच्चा पदार्थको अभावले उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको सञ्चालक घिमिरेले बताउनुभयो । एक बिघा १४ कट्टा जमिन खरिद गरेर सञ्चालनमा ल्याइएको सो उद्योगको मल बनाउने मेशिन काम नलाग्ने अवस्थामा पुगेको छ ।

अर्को मल उद्योग पनि बन्द    

झापाको भद्रपुर नगरपालिका–५ मा उद्योगी सुवोध कोठारी, दीपक पोखरेल, बुद्धि घिमिरे र ओम अग्रवालको संयुक्त लगानी खोलिएको एभरेष्ट केमिकल एण्ड फर्टिलाइजर इन्डस्ट्रिज प्रालि पनि बन्द भएको छ । आठ वर्षअघि रु चार करोडको लगानीमा स्थापना गरिएको सो उद्योग डेढ महिना सञ्चालन गरेर बन्द गरिएको थियो । उद्योगले मिश्रित दानादार धनवर्षा मल उत्पादन गर्दै आएको थियो ।

आवश्यक कच्चा पदार्थको अभावले उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको सञ्चालक बुद्धि घिमिरेले बताउनुभयो । एक बिघा १४ कठ्ठा जमीन खरीद गरेर सञ्चालनमा ल्याइएको सो उद्योगको मल बनाउने मेसिन काम नलाग्ने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.