स्रष्टा राणा र शर्माको स्मरणमा कविता

काठमाडौँ, १५ भदौ : साहित्यकार जगदीशशम्शेर राणा र नगेन्द्र शर्माको योगदानको आज यहाँ स्मरण गरिएको छ ।

ह्वाइट लोटस बुक सप कुपण्डोलद्वारा आयोजित कार्यक्रममा विभिन्न साहित्यकार एवं लेखकले लेखकीय र साहित्य क्षेत्रमा उहाँहरुको योगदानको चर्चा गर्नुभयो । दुवै स्रष्टाको केही समयअघि निधन भएको थियो ।

सो अवसरमा साहित्यकार शैलेन्द्र साकारले लेखक राणाले अग्रगामी र परिवर्तनको पक्षमा जुनसुकै विधामा पनि कलम चलाउने व्यक्तिलाई प्रेरित गर्ने ढङ्गबाट सहयोग पु¥याएको बताउनुभयो ।

साहित्यकार जय छाङ्छाले साहित्य विधामा साँच्चिकै अध्येता ओझेलमा परिरहेका बेला साहित्यकार राणाको अभाव अझै खड्किएको बताउनुभयो । लेखक पूर्णमान तपोल र श्रीराम उपाध्यायले साहित्य क्षेत्रमा देखिएको विसङ्गतिको अन्त्य गर्दै राष्ट्रवादी चिन्तन झल्कनुपर्नेमा जोड दिनुभयो ।

साहित्यकार एवं अनुवादक युयुत्सु आरडी शर्मा अभय श्रेष्ठले स्रष्टालाई बिर्सने क्रम अघि बढेकाले त्यसलाई रोक्न र सरकारले स्रष्टालाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

गोरखापत्र संस्थान र नेपाल वायुसेवा निगमका अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका शर्माको बौद्धिक व्यक्तित्व र लेखकीय क्षमताको बारेमा पनि सो अवसरमा चर्चा गरियो । कार्यक्रममा विभिन्न कविले दुवै स्रष्टाको सम्मानमा कविता वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.