‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार’ रौनियारलाई
काठमाडौँ, १० साउन : ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ नागरिक दैनिकका पत्रकार रुबी रौनियारलाई प्रदान गरिने भएको छ ।
नेपाल पत्रकार महासङ्घ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने रु ५१ हजार राशिको पुरस्कार रौनियारलाई प्रदान गर्ने निर्णय गरिएको महासङ्ले एक विज्ञप्ति जारी गरी जनाएको छ ।
सात प्रदेश र उपत्यकालाई एक प्रदेश मानी आठ प्रदेशबाट एक/एक जनालाई प्रदान गरिने रु २० हजार राशिको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ को पनि घोषणा गरिएको छ । त्यसमा प्रदेश नं १ बाट सुजन तिम्सिना (इलाम), २ बाट सन्तोष सिंह (जनकपुर), ३ बाट सरिता श्रेष्ठ (धादिङ), गण्डकी प्रदेशबाट कमल खत्री (म्याग्दी), प्रदेश नं ५ बाट प्रेमनारायण आचार्य (अर्घाखाँची), कर्णाली प्रदेशबाट गोविन्द केसी (दैलेख), सुदूरपश्चिम प्रदेशबाट मोहन विष्ट (कञ्चनपुर) र उपत्यकाबाट लक्ष्मी पौडेल (काठमाडौंँ) लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसैगरी सात प्रदेश र उपत्यकालाई एक प्रदेश मानी आठ प्रदेशबाट दुई/दुई जनालाई प्रदान गरिने रु १५ हजार राशिको प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारको पनि घोषणा गरिएको छ ।
जसअनुसार प्रदेश नं– १ बाट रोहित राई (सुनसरी) र सुशीला पाठक (मोरङ), प्रदेश नं– २ बाट वृजलालप्रसाद पासवान (पर्सा) र सुनिल ठाकुर (सर्लाही), प्रदेश नं– ३ बाट शरद अधिकारी (काठमाडौंँ) र सविता श्रेष्ठ (चितवन), गण्डकी प्रदेशबाट रोशन तिवारी (पर्वत) र शान्ता कमली (लमजुङ) उक्त पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै प्रदेश नं. ५ बाट विकास बञ्जाडे (कपिलवस्तु) र भगवती पाण्डे (रुपन्देही), कर्णाली प्रदेशबाट विष्णुप्रसाद न्यौपाने (कालीकोट) र हरि गौतम (रुकुम), सुदूरपश्चिम प्रदेशबाट शैलेन्द्र रोकाय (बझाङ ) र भूमिराज जोशी (बझाड) तथा उपत्यकाबाट राजन रुचाल (ललितपुर) र प्रशान्त वली (काठमाडौँ)लाई पुरस्कृत गर्ने निर्णय गरिएको महासङ्घले जनाएको छ ।
त्यसैगरी संस्थागतमा एफएमतर्फ रु २० हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार प्रदेश नं– १ बाट तमोर एफएम (ताप्लेजुङ), प्रदेश नं– २ बाट रेडियो अपन मिथिला (महोत्तरी), प्रदेश नं– ३ बाट रेडियो सन्देश (मकवानपुर), गण्डकी प्रदेशबाट ह्याप्पी एफएम (नवलपुर), प्रदेश नं– ५ बाट रेडियो मदनपोखरा
(पाल्पा), कर्णाली प्रदेशबाट रेडियो शारदा (सल्यान), सुदूरपश्चिमबाट रेडियो जनप्रिय (अछाम) र उपत्यकाबाट क्यापिटल एफएम (काठमाडौंँ)लाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।
संस्थागततर्फनै छापाबाट शिक्षालय मासिक (ललितपुर), अनलाइनबाट सेतोपाटी डटकम र टेलिभिजनबाट जनता टिभीलाई रु २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार २०७५ प्रदान गर्ने निर्णय गरिएको छ । यही साउन १४ गते काठमाडौँमा पुरस्कार वितरण गरिने छ ।
