डिम जनता मा. वि. भूतपूर्व विद्यार्थी समाज गठन


क्षितिज भण्डारी । काठमाडौँ, ८ साउन : सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं. १६ मा रहेको डिम जनता माध्यमिक विद्यालय परवानीपुरका पूर्व विद्यार्थीहरुको भेलाले डिम जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाज गठन गरेका छन ।

राजधानीमा सम्पन्न भूतपूर्व विद्याथीहरुको दोस्रो भेलाले रामजी प्रसाद दाहालको अध्यक्षतामा सात सदस्यीय तर्दथ समिति घोषणा गरेको छ । तर्दथ समितिको उपाध्यक्षमा ईश्वर कार्की, सचिवमा रामहरि बस्नेत, कोषध्यक्षमा नवदुर्गा प्रसाद ढुङ्गेल तथा सदस्यहरुमा विष्णु केसी, रश्मी बस्नेत र सुमित्रा गुर्माछान रहेका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ध्रुव भण्डारी, जिल्लाका राजनीतिज्ञ डाचाराज वाग्ले, लालबन्दी नगरपालिका वडा नं. १६ का वडाध्यक्ष गणेश थापा, विद्यालयको पहिलो व्याचमा उतिर्ण गोविन्द केसी, उक्त विद्यालयबाटै पहिलो पटक प्रथम श्रेणीमा उतिर्ण राजु ढकाललगायतका पूर्व विद्यार्थीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

भेलाले गोविन्द केसी, कृष्ण प्रसाद दाहाल र पाण्डवराज बराल रहेको तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

आफुहरुले आर्जन गरेको वौद्धिकता, सिप र ज्ञान विद्यालयको हितमा प्रयोग गर्ने र पच्चिस लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने लक्ष्य रहेको र सो बाट आर्जित व्याजले विद्यालयको शैक्षिक उन्नतीका लागी मात्र खर्च गरिने तर्दथ समितिका अध्यक्ष रामजी प्रसाद दाहालले उक्त कार्यक्रममा प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.