भक्तपुरका अधिकांश दुग्ध उद्योगमा फोहर भेटियो

भक्तपुर, ३० असार  : भक्तपुर नगरपालिकाले आज औद्योगिक क्षेत्रभित्र रहेको दुग्ध डेरी तथा उद्योगमा गरेको अनुगमनका क्रममा अधिकांशमा फोहर भेटिएको छ ।

नगरपालिकाको अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले गरेको अनुगमनमा शिवम् डेरी प्रालिमा ढल र शौचालयको दुर्गन्ध भएको पाइएको छ ।

त्यसैगरी भान्साको फोहर र अन्य फोहर छरप्रस्ट राखेको, डेरीभित्र पानी जमेको, ढल र शौचालयको दुर्गन्ध भएको, कामदारले एप्रोन, माक्स, बुट, हेयरनेटको प्रयोग नगरेको पाइएको खाद्य निरीक्षक कौशल ओझाले जानकारी दिनुभयो ।

ल्याबमा माइक्रोवायोलोजीलगायत सम्पूर्ण परीक्षण गर्ने, बरफमा राख्ने लिची तथा भेनिला सुगन्ध म्याद नाघेको पाइएकाले त्यही नष्ट गरिएको जानकारी दिँदै उहाँले सफा गर्न, दूध जोख्ने मेसिनलाई खुल्ला नराख्ने, ल्याब रेर्कड दैनिक रुपमा राख्न निर्देशन दिइएकोे खाद्य निर्देशक ओझाले बताउनुभयो ।

त्यस्तै जगदम्बा डेरी फुड एण्ड वेभरेजमा फिर्ता ल्याएको दूध फेरि प्रशोधन गरेको पाइएकाले पुनःप्रशोधन नगर्न, सरसफाइमा विशेष ध्यान दिने, डेरीभित्र पानी जमेकाले व्यवस्थित गर्न, कामदारलाई एप्रोन, माक्स, बुट, हेयरनेट अनिवार्य प्रयोग गर्न, ल्याबमा माइक्रोवायोलोजीलगायत सम्पूर्ण परीक्षण गर्ने, टेक्नीसियनलगायत कामदारको परिचय खोल्न प्रमाणपत्र वा परिचयपत्र राख्न निर्देशन दिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

त्यसैगरी भक्तपुर डेरी प्रालिमा ल्याब व्यवस्थित गरी माइक्रोवायोलोजीलगायत सम्पूर्ण परीक्षण गर्र्न, फिर्ता ल्याएको दूध फेरि प्रशोधन गरेको पाइएकाले पुनःप्रशोधन नगर्र्न, सरसफाइमा विशेष ध्यान दिन, डेरीभित्र जमेको पानी व्यवस्थित गर्न, कामदार सबैले एप्रोन, माक्स, बुट, हेयरनेट अनिवार्य प्रयोग गर्न, दुध ल्याएको र बजारमा पठाएको व्यवस्थित रुपमा रेकर्ड राख्न निर्देशन दिइएकोे उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.