विद्यालय हड्तालका कार्यक्रम फिर्ता

काठमाडौँ, ११ भदौ : आफ्ना पेशागत माग पूरा गराउन यही भदौ १२ र १३ गते देशभरका सामुदायिक विद्यालयमा हड्तालको कार्यक्रम फिर्ता भएको छ ।

संयुक्त अस्थायी शिक्षक सङ्घर्ष केन्द्रीय समितिले नेपाल शिक्षक महासङ्घसँगको वार्ताका क्रममा माग पूरा गराउन सकारात्मक पहल गर्ने सहमतिपछि आन्दोलन स्थगन भएको समितिका अध्यक्ष हेमनाथ चौलागार्ईंले बताउनुभयो ।

सङ्घीय शिक्षा ऐन तर्जुमाका क्रममा अस्थायी शिक्षकका माग सम्बोधन गर्न महासङ्घले पहल गर्ने सहमति भएको समितिले जनाएको छ । कुनै पनि बहानामा विद्यालय बन्द गराइनु मानव अधिकार विरोधी हुने सरोकार भएकाहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.