अनुगमनमा अवरोध

काठमाडौँ, ४ भदौ : कालीमाटीका तरकारी व्यापरीले अनुगमन गर्न खटिएको टोलीको काममा अवरोध गरेको छ ।

व्यापारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीको कामकाजमा कालीमाटी बजार अनुगमनका क्रममा अवरोध पु¥याएको हो । व्यापारीले बिनाजानकारी अनुगमनमा आएको भन्दै काममा अवरोध गरेका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव कालीमाटी पुगी त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको थियो । मन्त्री यादवले उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न गएको अनुगमन टोलीलाई अवरोध गर्ने जोकोहीलाई पनि कारवाही गरिने बताउनुभयो । “व्यापारीले नियमपूर्वक व्यापार गरेको भए अनुगमन टोलीमाथि दुव्र्यवहार हुँदैनथ्यो,” उहाँले भन्नुभयो, “गतल तरिकाले व्यवसाय गरेकै कारण टोलीलाई गतल व्यवहार गरेका हुन । त्यसको छानबिन हुन्छ ।” मन्त्री यादवसँगै उद्योग, वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे बजार अनुगमन गर्न जानुभएको थियो ।

अनुगमन टोली यसअघि धादिङ, चितवन, मकवानपुर लगायतका जिल्लामा पुगी किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबारे जानकारी लिएको थियो । अनुगमनका क्रममा टोलीले आज बिहान कालीमाटीबाट दुई तरकारी ढुवानी गरेको गाडी नियन्त्रणमा लिएको थियो । जानकारी लिने क्रममा अनुगमन टोलीमाथि दुव्र्यवहार भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका स्वकीय सचिव रवि किरण यादवले जानकारी दिनुभयो । कालीमाटी फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.