निबन्ध प्रतियोगितामा काम्यककी प्रशंसा तुलाधर प्रथम

नवदुर्गा प्रसाद ढुङ्गेल । काठमाडौँ, ३० फागुन : काम्यक स्कूल अध्ययनरत कक्षा १० की विद्यार्थी प्रशंसा तुलाधर निबन्ध प्रतियोगितामा प्रथम भएकी छिन ।

प्रशंसा तुलाधर

रामशाहपथस्थित पद्मोदय माध्यमिक विद्यालयले हरेक बर्ष आयोजना गर्ने अन्तर विद्यालय निबन्ध प्रतियोगितामा यो बर्ष प्रथम हुने बागबजारस्थित काम्यक स्कूलकी छात्रा तुलाधरलाई प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले स्वर्ण पदक सहित सम्मानित गर्नुभएको थियो ।

पद्मोदय माध्यमिक विद्यालयको हातामा आयोजित अभिभावक दिवस कार्यक्रममा छात्रा तुलाधरलाई कमला पुरस्कारद्वारा सम्मानित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.