दक्ष जनशक्ति उत्पादन गर्न सामुदायिक विद्यालयमा जीवनोपयोगी र सीपमूलक शिक्षा प्रदान गर्नुपर्ने

विराटनगर, २५ माघ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको यात्रामा देशमा धेरैभन्दा धेरै दक्ष जनशक्ति उत्पादन गर्न सामुदायिक विद्यालयमा जीवनोपयोगी र सीपमूलक शिक्षा प्रदान गर्न प्रदेश सरकार लागिपरेको जानकारी गराउनुभयो ।

मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयको आज स्वर्ण महोत्सवको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले प्राविधिक शिक्षाका लागि व्यावसायिक तालीम केन्द्रहरु स्थापना गर्ने कार्यक्रम बनाउने काम भइरहेको बताउनुभयो । अगामी दुई वर्षमा प्रदेशमा १०० वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा शुरु गरिने उल्लेख गर्दै उहाँले शैक्षिक क्षेत्रलाई राजनीतिकबाट मुक्त गर्न शिक्षा क्षेत्रमा आमूल परिवर्तनका खाका तयार भइरहेको जानकारी गराउनुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन प्रदेश सरकारको अहिलेको चुनौती रहेकाले सामुदायिक विद्यालयप्रति अभिभावकको रुचि बढाउन अङ्ग्रेजी माध्यममा पठनपाठनको व्यवस्था मिलाइने बताउनुभयो । उहाँले चालू आव प्रदेशमा एक हजार ३०० विद्यालयमा ई–इजुकेशन शुरु गरिने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.