औषधि लिमिटेडका महाप्रबन्धक सुवदीको राजीनामा

काठमाडौँ, ४ पुस : नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुवदीले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट आज राजीनामा दिनुभएको छ । 

खुला प्रतिस्पर्धाबाट सो पदमा उहाँले विसं २०७३ पुस ७ गतेदेखि कार्यभार सम्हाल्नुभएको थियो । आज उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडासमक्ष आफूले राजीनामापत्र बुझाएको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नो कार्यकालमा प्रायः बन्द अवस्थामा रहेको लिमिटेडलाई पुन:सञ्चालन गरी सिटामोल र जीवनजल उत्पादन शुरु गराउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.