विपन्नलाई उद्यमशील बनाउन बिना धितो ऋण दिइने

काठमाडौँ, २५ मङ्सिर : विपन्न समुदायलाई उद्यमशील बनाउन चार हजार ३०० कृषक एवं महिला उद्यमीलाई बिना धितो ऋण प्रवाह गरिने भएको छ ।

बेलायती सहयोग नियोग (युकेएड) सक्षम परियोजना, हेफर इन्टरनेशनल र माछापुच्छ्रे बैंकबीच यससम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हेफरका राष्ट्रिय निर्देशक डा शुभनारायण महतो, युकेएड सक्षमका कार्यक्रम संयोजक निर्मल दाहाल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गर्नुभयो ।

देशका १४ जिल्लामा यो कार्यक्रम लागू हुनेछ । कार्यक्रम लागू हुने जिल्लाका महिला उद्यमी, कृषक तथा साना उद्यमीलाई बिना धितो सरलीकृत ऋण प्रदान गरिने बताइएको छ । यो कार्यक्रमसँगै किसान क्रेडिट कार्डसमेत शुरु हुने जनाइएको छ । कार्यक्रम अवधिभर छ हजारलाई वित्तीय साक्षरता दिइने बैंकले जनाएको छ ।

यसअघि नै कार्यक्रम शुरु भइसकेको दाङ लमही नगरपालिकाको कर्मठ सामाजिक उद्यमी महिला सहकारीका शेयर सदस्यद्वय नेत्र बस्नेत र गङ्गा घर्तीले बिना धितो वित्तीय संस्थाबाट ऋण पाएपछि सहज रुपमा उद्यम गरी स्वरोजगार हुन सकिएको अनुभव सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.