हेटौंडा औद्योगिक मेला फागुन १६ देखि २६ गतेसम्म


हेटौंडा, ११ मङ्सिर: स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै यो वर्षको औद्योगिक व्यापार मेला फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा यस वर्ष मेला सञ्चालन गर्नका लागि स्थान परिवर्तन गरी हेटाँैडाको क्याम्पाडाँडालाई तोकिएको आयोजकले जानकारी दिएको छ । अध्यक्ष कृष्णकुमार कटुवालले अब हुने भेलामा उच्छृङ्खल प्रस्तुति नराखिने तथा दर्शक एवम् अतिथिलाई व्यवस्थापन गर्न विशेष कार्यक्रम राखिने जानकारी दिनुभयो । मेलामा बोटिङको व्यवस्था गरिनेसमेत आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.