ढिस्कोले पुरिदाँ एउटै घरका तीन जनाको मृत्यु

लमही, १३ असोज : माटोको ढिस्कोले पुरिएर आज एकै घरका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका– ४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

मीना श्यामकुमारीकी भाउजु तथा रेजिना मीनाकी भतिजी हुन् । घर पोत्नका लागि माटो ल्याउन गएका तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि लमही अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.