काठमाडौँ शिक्षालयमा मनाईयो विश्व अपाङ्गता दिवस

प्रभाकर खनाल । मंसिर २० काठमाडौँ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने नाराका साथ मिति २०८१ साल मंसिर १८ गते तद्अनुसार ३ डिसेम्बर २०२४, अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवश मध्ये बानेश्वर स्थित काठमाडौँ शिक्षालयमा मनाइयो ।

उक्त कार्यक्रममा पारा एसियाली खेलकुलदमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुहुने ह्वील चियर बास्केटबल–नेपालका प्रशिक्षक श्री हिमाल अर्याल, टिम व्यवस्थापक श्री राजेन्द्र खनाल र अर्का खेलाडी श्री फणीनारायण पौडेलको उपस्थितमा विद्यालयका भाइबहिनीहरूलाई आफ्ना जीवनमा आइ परेका समस्या र त्यसको समाधान गर्न गर्नु भएको सङ्घर्षले जीवनमा प्राप्त गर्नुभएको सफलताको अनुवभ व्यक्त गर्नु भयो । उक्त अवसरमा विद्यार्थी भाइबहिनीहरूबाट आएका प्रश्नको जवाफमा वहाँले जीवनमा कहिलै पनि हार खान नहुने सन्देश व्यक्त गर्दै आगामी दिनमा काठमाडौँ शिक्षालयसँग अन्य खेलकुदका विषयमा सहयात्रा गर्दै अगाडी बढ्ने प्रतिवद्धा पनि व्यक्ति गर्नु भयो ।

उक्त कार्यक्रममा काठमाडौँ शिक्षालय अन्तरगत रहेका विद्यालयहरू विनायक शान्ति निकेत थापाली, काठमाडौँ शिक्षालय ललितपु–र एसभि एकेडेमी शङ्खमुलमा अध्ययनरत विद्यार्थीको उपस्थिति भएको थियो । यस अवसरमा काठमाडौँ शिक्षालय नेटवर्कका अध्यक्ष प्रकाश राज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने उक्त कार्यक्रमको प्रस्तोता काठमाडौँ शिक्षालयका प्रशासनिक निर्देशक हरिप्रसाद खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.