अकल्पनीय ढोरपाटन बाढी, मृत्यु हुनेको सङ्ख्या १२ , बेपत्ता ४१

काठमाडौँ, १८ भदौ : यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षेत्रमा भुजी खोलाले अकल्पनीय क्षति पु¥याएको छ ।

दुई दिनदेखि लगातार भारी वर्षा हुँदा खहरेसहित उर्लेर आएको भुजी खोलाले यहाँका तीन दर्जन बढी घर बगाएको छ । भारी वर्षा हुँदा ठूलो क्षति पु¥याउँछ भन्ने अनुमान लगाउँदा लगाउँदै जिल्लाले नसोचेको परिणाम बेहोरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुन मगर बताउनुहुन्छ ।

प्राप्त विवरण अनुसार अहिलेसम्म बाढीमा परेर ३५ बढी व्यक्ति बेपत्ता छन् । अन्य १२ जनाको शव फेला परेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धीरेन्द्रराज पन्तले पाहुना आएकासमेत परेको बुझिएकाले उद्धार र विवरण सङ्कलनको काम जारी रहेको जानकारी दिनुभयो ।

सबै क्षेत्र बगरमा परिणत भएकाले बस्ती कुन ठाउँमा थियो भनेर यकिन गर्न नसकिने अवस्था रहेको उहाँले बताउनुभयो । उपप्रमुख मगरले रासससँग टेलिफोनमा भन्नुभयो, “बस्तीको नामो निशाना देखिँदैन, अहिले पनि बस्ती भएर खोला बगिरहेको छ, सबै सोहोरेर लगेको छ ।” सडक, कुलो, गाउँबस्ती सबै क्षतविक्षत भएको उहाँले बताउनुभयो ।

ठाउँठाउँमा पहिरोसमेत खसेको छ । उहाँले खोला थुनिएर फुटेपछि भीषण बाढीको रुप लिएको अनुमान गर्नुभयो । तर कुन ठाउँमा भएको हो त्यो यकिन भने हुन सकेको छैन । गाउँ क्षेत्रमै भएका प्रहरी र सेनासहित स्थानीयवासीले उद्धार कार्य जारी राखेका छन् ।

जिल्लाको टोली केहीबेर अघि मात्रै पुगेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सडक बाटो सबै भत्काएकाले हिँडेर घटनास्थल पुगेको राससलाई बताउनुभयो । बुर्तिवाङ्बाट ढोरपाटनका लागि सवारीसाधन चल्ने सडक बाढी र पहिरोले क्षतविक्षत भएको उहाँले जानकारी दिनुभयो । “केही प्रहरी, सेना तथा टोलवासीले उद्धार गरिरहेका छन्, हामीसँग उद्धारका लागि थप टोली छ, उद्धारकार्य प्रभावकारी बनाएका छौँ”,प्रजिअ न्यौपानेले भन्नुभयो । राहतसहित लिएर गएको गृहमन्त्रीसहितको टोलीसमेत घटनास्थल पुग्न नसकेकाले फर्किएको छ ।

घटनास्थलमा प्रत्यक्ष पुग्नुभएका उपप्रमुख मगरले ढोरपाटन भन्दा तल्लो भेगको खोला किनाराका बस्तीमा क्षति भएको बताउनुभयो । उहाँले यहाँको वडा–९ पूर्ण प्रभावित भएको र वडा नं ६,७, ८ मा समेत क्षति पुगेको बताउनुभयो । धेरै मानवीय क्षति– ९ मा भएको छ । मुख्यगरी यहाँको फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, बगालेघर (घट्टबास), दुनापढेरा, लाखुरीबोटमा बढी क्षति भएको छ । खनेको नयाँ बाटोबाट निस्किएको लेदोसहित पहिरो खस्दा ठाउँठाउँमा सडक विग्रिएको छ । “लाँकुरीबोटको अवस्थ हेर्दा बस्ती पूरै बगर बनेकाले कुन ठाएँमा बस्ती थियो भन्नेसमेत पत्ता लगाउन सकिँदैन”, उपप्रमुख मगरले भन्नुुभयो ।

कुनै शव टाउको नभएको, कुनै हात नभएको, कसैको कम्बर नभएको अवस्थामा यत्रतत्र शरीरका अङ्ग बगरमा देखिएको उहाँले बताउनुभयो । “अकल्पनीय घटना भएको छ, यस्तो घटनानी हुन्छ र भन्ने अवस्था छ, पीडादायी अवस्थालाई शब्दमा भन्न सकिँदैन”, मगरले दुःख पोख्दै भन्नुभयो ।

घटरा मध्यरातको हो । अविरल वर्षापछि भुजी खोला यसरी बस्तीमा पसेको हो । उक्त खोलमा अन्य खहरे र ठाडो खोलासमेत मिसिदा ठूलो रुप लिन पुगेको हो । सबै सुतेको बेला घटना भएकाले पनि बढी मानवीय क्षति भएको छ । दायाँबायाँ लछार्दै लगेपछि मानिसको राति नै भागाभाग भएको थियो । केही संयोगले बाँचे भने सुतिरहेका धेरै बगेका थिए । राति घटना हुँदा कतिले ऐयासमेत भन्न नपाएको स्थानीयवासीले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासी मौसम र भौगोलिक अवस्थाले बागलुङमा जस्ता धेरै घटना बेहोरिएको बताउनुहुन्छ । “ठूलो वर्षा हुने नदेखाए पनि सानो क्षेत्रमा थोरै समयमा पनि धेरै पानी परेको हो”, उहाँले भन्नुभयो । उहाँले सो क्षेत्रमा अघिल्लो दिन पानी परेको र त्यसको भोलिपल्ट मङ्गलबार पनि पानी परेको बताउनुभयो । मौसमविद् सविना शाक्यका अनुसार ढोरपाटन नजिक राति बुर्तिवाङ् क्षेत्रमा ४१ मिलिमिटर पानी परेको देखिएको बताउनुहुन्छ । यसपटक बाढी पहिरोका कारण ३१७ जनाको मृत्यु ुभइसकेको छ । बढी पहिरोले क्षति पु¥याएको छ ।

मृतक १२

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाको तटीय बस्तीमा भूजी खोलाको बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । यस्तै बाढीमा बेपत्ता हुने ४१ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ताको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । घटनास्थलको क्षेत्र ठूलो हुँदा सुरक्षा निकाय र स्थानीयवासीलाई उद्धारमा समस्या भएको छ ।

बाह्र जनाको शव क्षतविक्षत फेला परेका कारण पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बाढीले ३१ घरमा पूर्ण क्षति पु¥याएको छ । बाढीले स्थानीय विद्यालय, लघु जलविद्युत् तथा झोलुङ्गे पुलसमेत बगाएको छ । एकचालीसमध्येका १२ हुन् वा अन्य हुन् भन्ने विषयमा मृतकको पहिचान खुल्न नसक्दा समस्या भएको प्रहरीको भनाइ छ । मृतकमध्ये एकको मात्रै पहिचान भएको छ । कसैको खुट्टा त कसैको टाउको चुँडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरिरहेका छन् । घटनामा हालसम्म चार जना घाइते भएको प्रहरीको बताएको छ । अविरल वर्षासँगै बुधबार राति १२ बजे आएको बाढीले बस्ती बगाएको हो ।
तीन शव गुल्मीमा

गुल्मी– बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति पहिरामा परी हराइरहेकामध्ये तीन जनाको शव गुल्मीको बढीघाट खोलामा फेला परेको छ । मुसिकोट नगरपालिका –५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका –८ तीनसिमलस्थित बढिघाट खोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार पन्थले जानकारी दिनुभयो ।
बढीघाट खोलामा ठूलो बाढी आएपछि स्थानीयवासीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्ने क्रममा किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेका शवमध्ये एक बालक र अन्य दुई जना अन्दाजी ३५/४० वर्षीया महिला भएको प्रहरीले जनाएको छ ।

उक्त पहिरोग्रस्त क्षेत्रबाट बगेको बढीघाट खोला धेरै मात्रामा गुल्मीको भूभाग हुँदै बग्ने भएका कारण बाढीपहिरामा हराइरहेका अन्य गुल्मीमा भेटिन सक्ने अनुमान गरिएको छ । बुधबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले बढीघाट खोलामा पानीको बहाव बढेकाले स्थानीय प्रशासनले खोला किनारमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.