साउण्ड अफ हिमालयद्वारा सहयोग हस्तान्तरण
काठमाडौँ, २८ जेठ । अशिक्षित बहिरा महिलार्लाइ साङ्केतिक भाषाका साथै विभिन्न व्यवसायिक तालीम उपलब्ध गराउँदै आएको ‘बहिरा महिलाका श्रृजनशील हातहरु’ नामक सामाजिक संस्थालाई सहयोग गरिएको छ ।
साउण्ड अफ हिमालय नामक संस्थाका प्रतिनिधिबाट राहतस्वरुप चामल, दाल, आटा, चना, नुन, तेल, ग्यासलगायत खाद्य सामग्री उक्त संस्थालाई उपलब्ध गराइएको छ । कोभिड–१९ का कारण अप्ठेरामा परेका विभिन्न संघ संस्थालाई सहयोग गर्ने उद्देश्यले उक्त सहयोग गरिएको कार्यक्रमका संयोजक सुवोधप्रसादप्रधानले जानकारी दिनुभयो । बहिरा महिलालाई आत्म निर्भर गराई रोजगारी उपलब्ध गराउन भूमिका निर्वाह गरेको बहिरा महिलाका श्रृजनशील हातहरुका अध्यक्ष कल्पना वज्राचार्यले बताउनुभयो ।
विसं २०६७ चैत १७ गते स्थापना भएको बहिरा महिलाका श्रृजनशील हातहरु नामक संस्थाका प्रतिनिधि सन् २०१७ मा फ्रान्समा भएको मिस एण्ड मिस्टर सौन्दर्य प्रतियोगितामा सहभागी भई मिस एशिया र मिस्टर उत्कृष्ट पाँचौ स्थानमा छनौट भएको थियो । उक्त संस्थाद्वारा प्रत्येक वर्ष बहिरा समुदायका मानिसलाई साङ्केतिक भाषा तथा विभिन्न जनचेतनामूलक, स्वास्थ्यलगायत तालीम प्रदान गरिएको जनाइएको छ ।
बौद्ध गुरु कर्मा धिनबपले व्यक्तिगत खर्च गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेकादीन, दुःखीतथाअसाहयनागरिकलाई राहत सामग्रीउपलब्ध गराइएको जनाइएको छ । आर्थिक अवस्थाकमजोर भएका त्यस क्षेत्रको मानिसको सहजताका लागि सार्वजनिक स्थानमा निःशुल्क भोजन समेत उपलब्ध गराएको साउण्ड अफ हिमालयका प्रतिनिधि केदारमान सिंहले बताउनुभयो ।
