जन्मोत्सवमा रक्तदान

शम्शेर श्रेष्ठ, काठमाडौं ५ भाद्र । नेपाल मानव धर्म सेवा समिति प्रेणता सदेगुरुदेव श्री सतपाल महाराजको जन्मोत्सवको अवसरमा सयौं जनाले रक्तदान गरेका छन ।

समितिका विभिन्न आश्रमहरूमा ७०९ जनाले रक्तदान गरिसकेको छन । रक्तदान भोली शनिबार सम्म जारी रहने समितिका उपाध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक टेक बहादुर थापाले जनाएका छन ।

संसारभर सदेगुरुदेव श्री सतपाल जी महाराजको जन्मोत्सव मनाई रहदा नेपालमा पनि धुमधामका साथ देशैभरी आश्रमहरूमा विभिन्न कार्यक्रम गरेर जन्मोत्सव मनाइएको छ । सोहि अवसरमा श्री हंस आत्माबोध आश्रम गौशाला काठमाडौंले विगत तीन दिन देखि उपत्यकाको विभिन्न ठाउँमा रक्तदान कार्यक्रम गरिरहेको छ ।

जन्मोत्सवको अवसरमा आज विहान भक्तजनहरुद्धारा शोभायात्रा निकालिएको थियो । बिहान ८ः३० बाट आश्रमबाट सुरु भएको ¥याली गौशाला चोक, पुरानो बानेश्वर, सिंनामंगल एरपोर्ट पुनः आश्रम परिसरमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । सो कार्यक्रम प्रदेश नं. ३ का सभामुख सानु कुमार श्रेष्ठ र समितिकी केन्द्र प्रमुख महात्मा चमेली बाईजीले सयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि तथा प्रदेश नं ३ का सभामुख सानु कुमार श्रेष्ठले नेपाल एउटा तपोभुमी, पशुपतीनाथ, भगवान बुद्धको देश भएको र त्यहि दिक्षा गुरु महाराजीले देखाउनु भएकाले योे मार्गमा लाग्नुपर्ने उहाँले बताउनु भयो ।

कार्यक्रमको अध्यक्ष तथा समितिको केन्द्र प्रमुख महात्मा चमेली बाइजीले मानव धर्म नयाँ धर्म नभई सनातन धर्म नै रहेको र आज सो ज्ञान युग पुरुष श्री सतपालजी महाराजले प्रचार गर्दै आउनु भएको र गीता, उपनिषद र वेदको ज्ञानलाई शैद्धान्तिक मात्र नभई प्रयोगात्मक रुपमा जान्नु पर्ने कुरा बताउनु भयो । त्यसैगरि महात्मा जगदम्बा बाईजीले गुरु वा सत्यलाई खोज्नु छ भने बाहिर होइन , आफ्नै हृदय भित्र नै प्रवेश गर्नुपर्ने बताउनु भयो । यस्तै महात्मा अल्कालन्द जीले महापुरुष मनुस्यको रुपमा यो धर्तिमा किन आउनु परेको भन्ने बारेम प्रकाश पार्नु भएको थियो ।

महात्मा लता बाईजीले विश्वमा शान्ति ल्याउनको लागि आफनो मन मस्तिस्क परिवर्तन गर्नुपर्ने कुरालाई जोड दिनु भयो ।

कार्यक्रममा समुधुर भक्ति संगित, बाल नृत्य र नाटकसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.