‘सबैखाले हिंसा हटाउन सरकार प्रतिबद्ध छ’

काठमाडौँ, १७ भदौ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले वर्तमान सरकार समाजका सबैखाले हिंसा हटाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्रालयद्वारा आगामी भदौ २० गते मानव बेचबिखन तथा ओसारपसारविरुद्धको बाह्रौँ राष्ट्रिय दिवस मनाउन लागेको सन्र्दभमा आयोजित पत्रकार सम्मलेनमा मन्त्री थापाले लामो समयपछि बनेको स्थिर सरकारले समाजका विकृति हटाएरै छाड्ने बताउनुभएको हो । उहाँले भन्नुुभयो, “विभिन्न बाधाअवरोधका कारण सरकारले प्रतिबद्धता अनुसारका काम गर्न नसकेको पक्कै हो तर सबै खाले हिंसा र विकृति हटाउन मुख्य भूमिका निभाउन पछि हट्नेछैन ।”

उहाँले वैदेशिक रोजगारीमा जानेमध्ये धेरै महिला बेचबिखनमा परी शोषणमा पर्नेे उल्लेख गर्दै नेपाल नेपाली महिलाका लागि लज्जाको विषय भएको धारणा राख्नुभयो ।

सन् २००२ मा काठमाडौँमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मलेनले ‘महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि २००२’ पारित गरेको थियो । उक्त महासन्धिलाई २०६३ साल भदौ २० गते तत्कालीन व्यवस्थापिका–संसद्ले अनुमोदन गरेकापछि २०६४ साल भदौ २० गतेबाट प्रत्येक वर्ष उक्त दिवस मनाउन थालिएको हो ।

यो बाह्रौँ राष्ट्रिय दिवस ‘सङ्घीयताको महत्वपूर्ण सार ः मानव बेचबिखन अन्त्यका लागि जिम्मेवारी र सहकार्यसहित गरौँ खबरदार’ भन्ने नाराका साथ मनाउन लागिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव राजेन्द्रकुमार पौडेलले बताउनुभयो ।

यही भदौ २० गते बिहान भृकुटीमण्डप परिसरबाट ¥याली निकाली शहीदगेट, रत्नपार्क हँुदै राष्ट्रियसभा गृहमा पुगी कार्यक्रममा परिणत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.