टङ्कप्रसाद प्रतिष्ठानको अध्यक्षमा रिमाल

काठमाडौँ, १६ भदौ : टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानको २५ औँ साधारणसभाले अरविन्द रिमालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको निवर्तमान अध्यक्षमा प्रा डा सोमप्रसाद गौचन, उपाध्यक्षमा प्रा डा राजेश गौतम, महासचिवमा डा मीना आचार्य (पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्यकी सुपुत्री), कोषाध्यक्षमा सुरेश सत्याल चयन हुनुभएको छ ।

सदस्यहरुमा पत्रकार बाबुराम आचार्य, प्रा डा शोभा पोख्रेल, पूर्वमन्त्री शान्ता मानवी, अवकाश प्राप्त रथी नेत्रविक्रम थापा, रामजीप्रसाद उपाध्याय पोख्रेल र पूर्वमहालेखा परीक्षक बद्रीबहादुर कार्की निर्वाचित हुनुभएको हो ।

कार्यक्रममा अध्यक्ष रिमालले प्रतिष्ठानलाई अझ उचाइमा पु¥याउन सबै मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

महासचिव डा आचार्यले प्रतिष्ठानको उन्नयनका लागि सबैको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

निर्वाचन समितिका संयोजकका रुपमा रहनुभएका सीमाविद् डा. बुद्धीनारायण श्रेष्ठले नवनिर्वाचित समितिलाई बधाई दिँदै सबैलाई माला लगाएर सम्मान गर्नुभएको थियो । प्रतिष्ठानले नेपाल निजामती अस्पताललाई टङ्कप्रसाद आचार्य निजामती अस्पताल नामाकरण गर्न सरकारलाई आग्रह गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.