कञ्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत

कञ्चनपुर, १५ भदौ : कञ्चनपुर बेलडाँडी गाउँपालिका–१ का अन्दाजी १५ वर्षीया एक किशोरीमाथि बलात्कार भएको छ ।

तेह्र वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै बिहीबार राति २ बजेको समयमा ती किशोरीको बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो ।

किशोरीको घरमा पूजा चलिरहेका बेला पूजामा सहभागी हुन मोटरसाइकलमा आएका चार जना युवाले फोन गरी उनलाई सडकमा बोलाए परिवारलाई उद्धृत गर्दै उहाँले भन्नुभयो, “जबर्जस्ती मोटरसाइकलमा लगेर जवदिया पु¥याएर बलात्कार गरिएको छ ।”

“किशोरीको भनाइअनुसार एक जनाले मात्रै बलात्कार गरेको भनेको छ”, प्रहरी उपरीक्षक कुवेर कडायतले भन्नुभयो, “सहमतिमै भए पनि उमेर नपुगेकाले बलात्कार नै ठहर्छ ।” किशोरीलाई जबर्जस्ती मोटरसाइकलमा राखेर लगेको परिवारले थाहा पाएपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आज बिहान मात्रै किशोरीको उद्धार गरेको छ ।

घटनामा संलग्न दुई जनाको पहिचान खुलेको र बाँकी दुई जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो । किशोरीको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.