जीप दुर्घटना हुँदा १३ जना घाइते, घाइतेलाई हेलिकप्टरमार्फत उद्धार

म्याग्दीको सदरमुकाम बेनीबाट आइतबार मंगला गाउँपालिकाको राखु जाँदै गरेको ग १ त ५८९९ नम्बरको दुर्घटनाग्रस्त जीप ।

बेनी, २७ माघ : म्याग्दी सदरमुकाम बेनीदेखि रघुगङ्गा गाउँपालिका–२ भगवती जाँदै गरेको ग१ज ५८९९ नंको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

आज दिउँसो करीब ३ बजे रघुगङ्गा–३ पिप्लेतर्फको गलेश्वरदेखि माथि सडकबाट करीब १०० मिटर तल खसेर भएको सो दुर्घटनामा परी चालक गोपी परियारसहित घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये रघुगङ्गा–३ मालिकाकी ३७ वर्षीया गर्भवती सरस्वती परियार (काली) गम्भीर घाइते हुनुभएको छ । परियारको अवस्था गम्भीर देखिएपछि बेनी अस्पतालमा प्राथमिक उपचार गरी उहाँलाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

परियारलाई रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको पहलमा पोखरा लगिएको हो । घाइते चालकसहित ११ यात्रुको अवस्था खतरामुक्त रहेको र उनीहरुको बेनी अस्पतालमै उपचार भइरहेको छ ।

घाइतेलाई गलेश्वरमा रहेको सशस्त्र प्रहरी, नेपाल प्रहरी युवा र स्थानीयवासीले तत्काल उद्धार गरी बेनी अस्पताल ल्याइएको थियो । गलेश्वरदेखि उकालो बाटोमा जाँदै गरेको जीप दुर्घटना हुनाको कारण खुल्न सकेको छैन । घाइतेको टाउको, छाति र हातखुट्टामा बढी चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal