१९१ अपाङ्गता भएका व्यक्तिलाई कृत्रिम खुट्टा वितरण

काठमाडौँ, २५ माघ : दुर्घटनामा परेर खुट्टा गुमाएका १९१ अपाङ्गता भएका व्यक्तिलाई मारवाडी सेवा समितिले कृत्रिम खुट्टा वितरण गरेको छ । गत वर्ष साउनदेखि अहिलेसम्म उनीहरुलाई कृत्रिम खुट्टा वितरण गरेको समितिले जनाएको छ ।

सकेसम्म आर्थिक रूपमा विपन्न व्यक्तिलाई छनोट गरेर कृत्रिम खुट्टा वितरण भइरहेको अर्थाेपेडिक प्राविधिक हरिराम बोगटीले बताउनुभयो । सम्पर्कमा आएका अधिकांशलाई कृत्रिम खुट्टा दिइए पनि आफैँ खर्च गरेर हाल्न नसक्नेलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो । गौशालास्थित धर्मशालामा नियमितरूपमा यो सेवा जारी छ भने समितिले कतिपय जिल्लामा शिविर गरेर कृत्रिम खुट्टा बढी आवश्यक व्यक्तिको खोजी गरिएको उहाँले बताउनुभयो ।

‘खुट्टा भए वैशाखी किन’ भन्ने नाराका साथ समितिले गत वर्षदेखि कृत्रिम खुट्टाको वितरण थालेको मारवाडी परिषद्का पूर्वसंयोजक गोपाल बजाजले बताउनुभयो । आर्थिक रूपमा विपन्न व्यक्तिलाई कृत्रिम खुट्टा वितरणसँगै पहिले कृत्रिम खुट्टा राखेका व्यक्तिको परीक्षण गरिएको समितिले जनाएको छ ।

नेपालमा घुँडामुनिसम्मको कृत्रिम खुट्टाको रु ४०/५० हजारको हाराहारीमा घुँडामाथिको झण्डै रु एक लाखसम्म खर्च पर्छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal