एकतिहाइ मुद्दा सम्बन्धविच्छेदका

चितवन, ४ माघ : चितवन जिल्ला अदालतमा चालु आवको छ महीनामा दर्ता भएकामध्ये एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धबिच्छेदका छन् । चालु आवको छ महीनामा परेका एक हजार ४३८मुद्दामध्ये ५०६ सम्बन्धबिच्छेदका छन् । सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउनेमा महिलाको सङ्ख्या बढी छ ।

कार्यालका सूचना अधिकारी केशव पौडेलका अनुसार अदालतमा आउने सम्बन्धबिच्छेदका मुद्दामा बढी मात्रामा वैदेशिक रोजगारबाट उत्पन्न समस्या रहेको पाइएको छ । श्रीमान् वा श्रीमती रोजगारीको सिलसिलामा विदेश जाने र फर्केर आएपछि सम्बन्धबिच्छेद गर्ने गरेको भेटिएको उहाँको भनानइ छ । यसबाहेक कक्षा १२ उत्तीर्ण गरेर वैदेशिक प्रयोजनका लागि मात्र वैवाहिक सम्बन्ध कायम गर्ने तर काम भए÷वा नभएपछि सम्बन्धविच्छेद गर्ने परम्पराले पनि सम्बन्धबिच्छेदका मुद्दा बढेको उक्त कार्यालयले जनाएको छ ।

नेपाल बार एशोसिएशनका केन्द्रीय सदस्य इन्दु कोइराला नियम कानूनको सदुपयोग वा दुरुपयोग दुवै कारणले पनि सम्बन्धबिच्छेदका मुद्दा बढेको बताउनुहुन्छ । वैवाहिक जीवनमा आइसकेपछि महिलामा पनि बढी महत्वकांक्षा हुने, कलिलो उमेरमै वैवाहिक सम्बन्ध कायम हँुदा परिपक्वता लिन नसक्नेलगायत कारणले सम्बन्धबिच्छेदका मुद्दा बढेको उहाँ उल्लेख गर्नुहुन्छ ।

नयाँ कानुनमा पुरुषलाई पनि सम्बन्धबिच्छेदको दर्ता गराउन पाउने अधिकार दिएपछि यस्ता मुद्दाको सङ्ख्या बढेको सदस्य कोइरालाको भनाइ छ । अहिले सम्बन्धबिच्छेदकाका लागि निवेदन दिने पुरुषमध्ये २५ प्रतिशत वास्तविक पीडित रहेको भए पनि अन्य पीडित नभई दोस्रो विवाह गर्न चाहने, परस्त्रीगमनमा लागेका पुरुषका लागि पनि बाटो खुला भएको उहाँले बताउनुभयो ।

कार्यालका सूचना अधिकारी पौडेलका अनुसार अदालतमा परेका अन्य मुद्दा जालसाजी, सवारी दुर्घटना, लागुऔषध, चोरी, मानोचामललगायत छन् । अदालतमा चालू आवको हालसम्म एक हजार १३८ मुद्दाको फस्र्योट भइसकेको छ भने हर्ने बाँकी एक हजार ३७० मुद्दा छन् । यीमध्ये एक हजार ७० मुद्दा अघिल्लो आवका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.