अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आध्यात्मिक जागरण

२६ साउन, काठमाडौं, । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समिति, युवा संगठनको आयोजनामा “सक्सीड वीथ स्प्रीच्वालिटी” कार्यक्रम गौशालामा सम्पन्न भएको छ । अध्यात्मले नै युवा शक्तिलाई नैतिकवान तथा कर्मशील बनाउन सक्दछ भन्ने मान्यतालाई अंगाल्दै समितिले यो कार्यक्रको गरेको जनाएको छ ।

युवाहरुलाई सकारात्मक मार्गदर्शन, अध्यात्मिक पे्ररणाा तथा सामाजिक सेवा कार्यमा अग्रसर गराउन उत्पे्ररणामुलक कार्यक्रम गरिएको हो । कार्यक्रमको मुख्य वक्ताको रुपमा समितिकी केन्द्र प्रमुख महात्मा चमेली बाइजी, शिक्षाविद् तथा उत्प्रेरक रञ्जीत आचार्य तथा युवा उद्यमी तथा उत्प्ररेक रुपेश श्रेष्ठले उत्प्रेरणामुलक प्रस्तुती राखेका छन ।

कार्यक्रममा बोल्दै महात्मा चमेली बाइजीले बर्तमान समयमा हरेक युवालाई आध्यात्मि चेतनाको अभिवृद्धि मार्फत परिवार, समाज राष्ट्रमा शान्ति, सद्भाव र विकासको प्रेरणा मिल्ने बताउनु भयो । हरेक युवाहरुलाई भौतिक शिक्षा सहित आध्यात्मिक ज्ञानको बोध गराई ज्ञानी बनाउनु पर्ने कुरामा जोड दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.