साउथ सुडानतर्फ जान लागेको एपीएफ टोलीलाई विदाई

काठमाडौँ, २५ साउन : निमित्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणबावु थापाले संयुक्त राष्ट्रसंघको अनुरोधमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयू) को रुपमा कार्य गर्न खटिई जान लागेको एक टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच हार्दिक विदाई गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्नुुहँदै निमित्त सशस्त्र प्रहरी महानिरीक्षक थापाले संयुक्त राष्ट्रसंघको मातहतमा रहेर द्वन्दग्रस्त मुलुकमा शान्तिस्थापनार्थ खटिदा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले देशको प्रतिनिधित्व गर्ने हुनाले त्यसठाउँमा राष्ट्र र संगठनको प्रतिष्ठा उच्च हुने गरी उत्कृष्ट कार्यगर्न निर्देशन दिनुभयो ।

उहाँले शान्तिस्थापनार्थ साउथ सुडानतर्फ जान लागेको सो टोलीलाई उहाँहरुले संगठनमा रहेर शान्ति सुरक्षा गर्ने कार्यमा प्राप्त अनुभवलाई मिसन इलाकामा समेत सदुपयोग गर्दै अनुशासित, बफादार तथा इमान्दार भएर उत्कृष्ट कार्य गर्नुपर्ने उल्लेख गर्नुभयो ।

निमित्त सशस्त्र प्रहरी महानिरीक्षक थापाले एपीएफ टोलीले मिसनमा रहँदा विभिन्न राष्ट्रका सुरक्षाकर्मीहरु सँग मिलेर सामुहिक भावनाकासाथ प्राप्त जिम्मेवारीलाई कूशलतापूर्वक सम्पन्न गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी निरीक्षक करबहादुर घर्तिमगरको कमाण्डमा एकवर्षे कार्यकालका लागि एफपीयुको रुपमा साउथ सुडानमा खटिएको सो टोलीमा अधिकृत, विल्लादार तथा जवान गरी कूल ९९ जना रहेका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.