विश्वकर्माको विधिपूर्वक पूजा, मङ्गलबारदेखि मूर्ति सेलाइने

काठमाडौँ, १ असोज : कालीगढहरुले विधिपूर्वक विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि बाबा विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।

यही सम्झनामा नेपालका कालीगढहरुले कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गरे । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास छ ।

आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा समेत मनाएका छन् । कालीगढले बनाएको विश्वकर्माको मूर्ति मङ्गलबारदेखि पवित्र नदीमा सेलाइन्छ । विश्वकर्माको मूर्ति निर्माण गरेर पूजा गर्ने प्रचलन छ । मूर्ति सेलाउँदला कालीगढहरुले भक्ति सङ्गीतका साथ रमाइलो गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.