वसन्तपुरमा ठड्याइयो चीर, फागु शुरु

रङ्गहरुको पर्व होली पर्व (फागु पर्व) आगमनको सङकेटस्वरुप मङ्गलबार फागुशुक्ल अष्टमी दिन वसन्तपुरमा ठडयाइएको चीर । यो चीर ठडयाइएसँगै फागुन पर्व आठ दिनसम्म मनाइने परम्परा रहेको छ । तस्वीर: रत्न श्रेष्ठ

काठमाडौँ, २० फागुन : ऐतिहासिक वसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा फागुको चीर ठड्याइएपछि विधिवत् फागु पर्व शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आज बिहान ७ः५७ बजे चीरोत्थान गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारी मिठाराम पुडासैनीले जानकारी दिनुभयो ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा चीर ठड्याएपछि उपत्यकामा फागु पर्व सुरु हुने परम्परा छ । फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागु पर्व हर्षोल्लासका साथ मनाइन्छ । चीर ठड्याएसँगै वसन्तपुरमा रङ्गीबिरङ्गी रङ खेली खुशी मनाइएको थियो ।

फागुन शुक्ल पूर्णिमाका दिन बेलुकी ७ः११ बजे चीर ढाल्ने साइत समितिले दिएको छ । सोही दिन राति ८ः५१ बजे चीर तानेर टुँडिखेल लगी जलाएपछि फागु पर्व सकिन्छ । यस वर्ष पहाडी जिल्लामा फागुन २६ गते सोमबार र तराईका जिल्लामा फागुन २७ गते मङ्गलबार फागु पर्व मनाइँदैछ ।

रङ्गहरुको पर्व होली पर्व (फागु पर्व) आगमनको सङकेटस्वरुप मङ्गलबार फागुशुक्ल अष्टमी दिन वसन्तपुरमा ठडयाइएको चीर । यो चीर ठडयाइएसँगै फागुन पर्व आठ दिनसम्म मनाइने परम्परा रहेको छ । तस्वीर: रत्न श्रेष्ठ
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.