पतिव्रता गान्धारी

शक्ति रेग्मी

शक्ति रेग्मी, काठमाडौँ १६ पुस : संसारका पतिव्रता देविहरुमा गान्धारीको विशेष स्थान छ । यिनी गन्धर्वराज सुबलकी पुत्री र शकुनिकी बहिनी थिइन् । यिनले कौमार्यावस्थामा भगवान् शंकरको आराधना गरेर उनी सँग सय पुत्रहरुको वरदान प्राप्त गरेकी थिइन् । जब यिनको विवाह नेत्रहीन धृतराष्ट्रसँग भयो , त्यसै बेलादेखि यिनले आफ्नो आखाँमा पट्टी बाँधीन् । यिनले सोचिन् जब मेरा पति नेत्रहीन छन् त मलाइ पनि संसारलाइ हेने छैन । पतिको लागि इन्द्रियसुखलाइ त्यागेको यस्तो उदाहरण अन्यत्र भेटित्र । यिनले ससुरालमा आउना साथ आफ्नो श्रेष्ठ आचरणले पति र उनको परिवारलाइ मुग्ध गरिन् ।

देवी गान्धारी पतिव्रता हुनाको साथै अत्यन्त निभीक र न्यायप्रेमी महिला थिइन् । उनको पुत्रले जब पुरै सभामा द्रौपदीका साथ अत्याचार ग¥यो तब उनले दःुखी भएर त्यसको खुलेर विरोध गरिन् । जब यिनको पति महाराज धृतराष्ट्रले दुर्योधनका कुरामा लागेर पाण्डवहरुलाई फेरी जुआ खेल्नका लागि आमन्त्रण गरे, अनि यिनले जुआको विरोध गदै आफ्ना पतिदेव सँग भनिन् — स्वामी ! दुर्योधन जन्मदानै गीद्ध जसरी रोएको थियो । त्यसै समय परम ज्ञानी विदुरजीले त्यसलाइ त्याग दिन का लागि सल्लाह दिएका थिए । मलाइ यस्तो लागिरहेको छ यो कुल कलङ्कले कुरुवंशलाई नाश गरेर छोड्छ । हजूर आफ्ना दोषद्वारा सबैलाइ विपत्तिमा न पार्नुहोस् । यो पट मूर्खको हाँ मा हाँ मिलाएर यस वंशको नाशका कारण न बत्रुहोस् । कुलकलङ्क दुर्योेधनलाइ त्याग्नु नै श्रेयस्कर छ । मैले मोहका कारण त्यस समय विदुरको कुरा सुनिन, त्यसको परिणाम हो यो । राज्यलक्ष्मी क्रूरको हातमा परेर उसैलाइ मृत्यानाश गरिदिन्छीन् । बिना विचार काम गर्नु हजुरका लागि एकदमै दःुखदायी हुनेछ । गान्धारीको यो सल्लाहमा धर्म , नीति , र निष्पक्षताको अनुपम समन्वय छ ।

जब भगवान् श्रीकृष्ण सन्धिदूत बनेर हस्तिनापुर गए र दुर्योधनले उनको प्रस्तावलाई अस्विकार ग¥यो तथा बिना युद्ध सूईको टुप्पो जति पनि जमीन दिन स्वीकार गरेन । यस पछि गान्धारीले उसलाई सम्झाउँदैँ भनिन् —छोरा ! मेरो कुरा ध्यान सँग सुन । भगवान् श्रीकृष्ण, भीष्म, द्रोणाचार्य तथा विदुरजीले जे कुरा तिमीलाइ भत्रुभएको छ, त्यो स्वीकार गर्दा नै तिम्रो हित हुनेछ । जसरी प्रखर उद्दण्ड घोडाले मार्गमा मूर्ख सारथिलाई मारिदिन्छ, त्यस्तै प्रकार यदि इन्द्रियाहरुलाई वशमा राखेन भने मनुष्यको सर्वनाश हुन जान्छ । इन्द्रियहरु जसको वशमा छ, उसँग राज्यलक्ष्मी चिरकालसम्म सुरक्षित रहन्छीन् । भगवान् श्रीकृष्ण र अर्जुनलाई कसैले जित्न सक्दैन । तिमी श्रीकृष्णको शरण लिउ । पाण्डवहरुका न्यायोचित भाग तिमी उनीहरुलाई देऊ र उनीहरुसँग सन्धि गर । यसमा दुवै पक्षको हित छ । युद्ध गर्नुमा कल्याण छैन । दृष्ट दुर्योधनले गान्धीराको यस उत्तम उपदेशलाई ध्यान दिएन , जसका कारण महाभारतको युद्धमा कौरवपक्षको संहार भयो ।

देवी गान्धारीले कुरुक्षेत्रको भूमिमा गएर त्यहाँ महाभारतको महायुद्धको विनाशकारी परिणाम देखिन् । उनका सय पुत्रहरुमा एउटा पुत्र पनि शेष रहेनन् । पाण्डव त कुनै प्रकारले भगवान् श्रीकृष्णका कृपाद्वारा गान्धारीको क्रोधबाट बचे तर भाग्यवश भगवान् श्रीकृष्णलाई उनको श्राप लाई शिरोधार्य गर्नुपर्याे र यदुवंशको परस्पर कलहका कारण महाविनाश भयो । महाराज युधिष्ठिरको राज्याभिषेक पछि देवी गान्धारी केही समयसम्म पाण्डवहरुका साथ बसिन् र अन्त्यमा आफ्नो पतिका साथ तपस्या गर्नका लागि वनमा गईन् । यिनले आफ्ना पतिका साथ आफ्नो शरीरलाई दावागिमा भस्म गरिन् । ।गान्धारीले यस लोकमा पतिसेवा गरेर परलोकमा पनि पतिको सानिध्य प्राप्त गरिन् । उनी आफ्नो नस्वर देहलाई छोडेर आफ्ना पतिका साथमा नै कुबेरका लोकमा गईन् । पतिव्रता नारिहरुका लागि गान्धारीको चरित्र अनुपम शिक्षाको विषय हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.