गुरूपूजा महोत्सव सम्पन्न
नेपाल मानव धर्म सेवा समितिले गुरू पुजाको अवसरमा “गुरू पुजा महोत्सव” सम्पन्न गरेको छ ।
समितिको केन्द्रीय कार्यालय गौशाला स्थित प्राङ्गणमा सम्पन्न गरेको छ । आफूलाई ज्ञान, शिक्षा र संस्कार प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी देशैभरी गुरू पूजा मनाइएको छ । वैदिक धर्मग्रन्थ गुरू वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्ती अर्थात गुरू पूर्णिमाको अवसरमा विभिन्न संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रम गरि मनाएका छन् ।
यसकै अवसरमा नेपाल मानव धर्म सेवा समितिले पनि मानव धर्मका प्रणेता सद्गुरूदेव श्री सतपालजी महाराजजी प्रति श्रद्धाभाव प्रकट गर्दै पूजा सम्पन्न गरिएको थियो ।
प्रदेश नं. ३ का सभामुख सानु कुमार श्रेष्ठ र समितिको केन्द्र प्रमुख महात्मा चमेली बाइजीले संयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका गर्नुभएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले गुरूको प्रेरणा र आत्मज्ञानको प्राप्तीले मात्र हरेक मानिसको हृदय परिवर्तन भई समाज, राष्ट्र र विश्वमा शान्ति, सामाजिक सद्भाव सहिष्णुताको भावना जागृत हुने बताए । उनले धर्म, संस्कृतिको संरक्षण र संम्बद्र्धनका लागि सबै एकताबद्ध हुनुपर्ने तब मात्र समृद्धिका लागि सक्षम र नैतिक नयाँ पुस्ता निर्माण गर्न आध्यात्मिक तथा सामाजिक संस्थाहरुको अतुलनिय भुुमिका रहेकोमा जोड दिनु भयो ।
कार्यक्रममा समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले मानव जीवनलाई सार्थक बनाइ अन्धकारबाट उज्यालो तर्फ, सत्कर्म र सत्मार्ग तिर डो¥याउन गुरूको महिमा, भौतिक जिवन, अध्यात्म र विज्ञानको सम्बन्धमा बताउनु भयो ।
कार्यक्रममा बाल कलाकारहरुले आध्यात्मिक, चेतनामुलक गीत संगित, भजन तथा नाटकहरु समेत प्रस्तुत गरेका थिए ।