मृगस्थलीमा स्वामी प्रपन्नाचार्यको चौथो स्मृति दिवस
काठमाडौँ, ४ भदौ : वैदिक दर्शनमा महत्वपूर्ण योगदान पु¥याउनुभएका डा स्वामी प्रपन्नाचार्यको चौथो स्मृति दिवस मनाइएको छ ।
पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहेको डा स्वामी प्रपन्नाचार्यको समाधिस्थलमा उहाँका उत्तराधिकारी वासुदेव प्रपन्न, ज्योतिषी ओजराज उपाध्याय लोहनी, शरण राई, उहाँका शिष्य हरिप्रसाद सोडारी लगायतले प्रपन्नाचार्यले वैदिक क्षेत्रमा दिनुभएको योगदानको चर्चा गर्नुभयो ।
स्वामी समन्वयवादी धर्म गुरु, इतिहास, धर्म, संस्कृति, साहित्यका अध्येताका साथै राष्ट्रवादी सन्त हुनुभएको उहाँहरुको भनाइ थियो । ‘वेदमा के छ ?’ निकालेर उहाँ यो युगको महर्षी बन्नुभएको वक्ताको विचार थियो ।
उहाँले लेख्नुभएको ‘वेदमा के छ ?’ लगायत इतिहास, न्याय, साहित्य, दर्शन, कविता विधाका कृति छन् । पशुपति मृगस्थलीस्थित उहाँको समाधिस्थलमा वैदिक मन्त्रोच्चारणपूर्वक पूजा गरेर कार्यक्रमको शुरुआत गरिएको थियो । कार्यक्रमको अन्त्यमा साधु, सन्त एवं दीनदुःखीलाई भण्डारा लगाइएको थियो ।
विसं २०७२ भदौ ४ गते स्वामी प्रपन्नाचार्यको पशुपतिस्थित मृगस्थलीमा निधन भएको थियो । उहाँले पु¥याउनुभएको योगदान समेटिएको विभिन्न विद्वान्का लेख सङ्ग्रह गरिएको स्मृति ग्रन्थ उहाँको दोस्रो स्मृति दिवसका अवसरमा सार्वजनिक गरिएको थियो ।
