रातो मच्छिद्रनाथको रथ जावलाखेलमा

ललितपुरको इतिटोलबाट बिहीवार रातो मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल लगिदै स्थानीय जात्रालु । रथ तानेर लानेक्रममा गुरुजुको पल्टन, विभिन्न बाजागाजासहित जात्रालु सहभागी हुने गरिन्छ । तस्वीर: रत्न श्रेष्ठ

ललितपुर, २३ जेठ : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हँुदै मान भवन, कुमारीपाटी गरी जावलाखेल पु¥याएका छन् ।

प्रत्येक गाउँबाट १५ देखि २० जनाको टोली धिमेबाजा बजाउँदै आएर करीब १५० देखि २०० जनाको टोलीले रथ तानेको छ । हरेक वर्ष ठटिटोलबाट जावलाखेलसम्म रथ लान यी सात गाउँका मानिस अनिवार्य उपस्थित हुने चलन बसेको पाटनका स्थानीय सूर्यमान डङ्गोलले जानकारी दिनुभयो ।

“रथ तान्ने अघिल्लो दिन ८४ वर्षीय ञँवाल चाकला डङ्गोलले नरिवाल खसाली यस स्थानसँग बिदा मागे”, डङ्गोलले भन्नुभयो, “चार बजेपछि रथ तान्ने नियम रहँदा ५ः१० मा रथ तानी साढे ६ बजेमा रथ जावलाखेल पु¥यायौँ ।” बिहान ञँवालहरुले धुपीको फूलले मच्छिन्द्रनाथको रथलाई हरियो स्वरुपमा सजावट गरेका बताइएको छ ।

आजको चार दिनमा राष्ट्रका राष्ट्रप्रमुखको उपस्तिथिमा भोटो देखाइने भएको छ । दर्शन गर्न आउने हजारौँ भक्तजनको भिडले साँझमा जावलाखेल भरिभराउ भएको छ ।

रातो मच्छिन्द्र नाथको मूर्ति ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.