सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा

काठमाडौँ, २ वैशाख : वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई आइतबार राति हनुमानढोका दरबार अघि पु¥याइएको छ ।

असनबाट बेलुकी ५ बजे तान्न शुरु गरिएको रथ राति हनुमानढोका दरबार अघि पु¥याएपछि पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो ।

सोमबार बेलुकी ४ः३० बजे रथ तानेर लगन पु¥याइने छ । रथ लगन पु¥याएपछि आजै जीवित देवी कुमारीलाई पनि मच्छेन्द्रनाथको दर्शन गराउन लगिने कार्यक्रम रहेको उहाँले बताउनुभयो । चैत्र शुक्ल नवमीका दिन दरबामार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु गरिएको हो । त्यस दिन रथलाई असनमा पु¥याइएको थियो । रथ असनमा पु¥याइएको राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको दर्शन गर्नुभएको थियो । प्राचीनकालदेखि नै सेतो मच्छेन्द्रनाथको रथ यात्रा असन पु¥याएपछि राष्ट्राध्यक्षले दर्शन गर्ने परम्परा छ ।

सोमबार दिउँसो २ः३० बजेसम्म हनुमानढोकामा पूजा एवं दर्शन गर्नका लागि रथ राखिन्छ । त्यसपछि रथ यात्रा शुरु गरी लगन पु¥याइनेछ । १७ औँ शताब्दीमा शुरु भएको रथ यात्रा काठमाडौँ उपत्यकाको प्राचीन सभ्यता मानिन्छ ।

रथ यात्राले धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा सहयोग पुग्ने समितिले जनाएको छ । वैशाख ३ गते रथ लगन टोलमा रहेको सेतो मच्छेन्द्रनाथकी आमा (माँ सीमा) लाई तीन पटक घुमाइन्छ । वैशाख ४ गते मच्छेन्द्रबहालस्थित मन्दिरमा प्रवेश गराएपछि यो जात्रा समाप्त हुन्छ ।

सेतो मच्छेन्द्रनाथको रथ तानेर रात्रि विश्राम गर्ने स्थलमा भक्तजनको भीड लाग्ने गर्छ । रथयात्रा गरेपछि वर्षा हुने र अनिकाल हटी सहकाल प्राप्त हुने धार्मिक विश्वास छ । यस्ता जात्राले नेपालको सभ्यता र संस्कृतिलाई भावी सन्ततिसम्म जीवित राख्ने स्थानीयवासीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.