योगी नरहरिनाथ ट्रस्टद्वारा विभिन्न व्यक्तिलाई सम्मान

काठमाडौँ, १ माघ : धर्मगुरु चमेली वाइजी, मच्छिन्द्रनाथका पुजारी कपिल बज्राचार्य र वरिष्ठ समाजसेवी दयानिधि गौतमलाई आज सम्मान गरिएको छ ।

योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्ले पृथ्वीनारायण शाहको २४५औँ स्मृति दिवस तथा २९७औँ जयन्तीका अवसरमा यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले सम्मान गर्नुभएको हो । चमेली वाइजीलाई चारदशकदेखि सनातन धर्म संस्कृति संरक्षण गरेको तथा बज्राचार्य र गौतमलाई समाजसेवामा उल्लेखनीय योगदान गरेबापत सम्मान गरिएको परिषद्का अध्यक्ष शङ्कर पौडेलले जानकारी दिनुभयो ।

उपकुलपति गुरुङले नेपालमा धर्म–संस्कृति जोगाउन सबैको सहयोग हुुनुपर्ने बताउनुभयो । कार्यक्रममा सत्यशक्ति प्रतिष्ठानका अध्यक्ष मथुरामोहन श्रेष्ठले पुराना धर्म संस्कृतिको संरक्षण गरे मात्र मुलुक रहने बताउनुभयो । सोही अवसरमा साहिला श्रेष्ठ र गीता बज्राचार्यलाई ह्विलचियर प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.