एक महिने हिन्दू महामिलन दमौलीमा

काठमाडौँ, २३ असोज  वेद अनुयायी प्रतिष्ठान नामक संस्थाले आगामी कात्तिक १ देखि ३० गतेसम्म तनहुँको दमौलीमा ॐकार तथा हिन्दू महामिलन पर्व आयोजना गर्ने भएको छ ।

पराशर ऋषिको तपस्यास्थलमा हुने सो पर्वको उद्देश्य हिन्दू धर्मको रक्षा तथा उपदेश जनजनमा पु¥याउने रहेको प्रतिष्ठानका संरक्षक शान्तिस्वरुपानन्द दामोदार बाबाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । चार वेद र १८ पुराणको प्रचारप्रसार गर्ने र १०८ फिट अग्लो व्यास ऋषिको मूर्ति बनाउने कार्यक्रम पनि रहेको छ ।

भारतको मध्यप्रदेशबाट आउनुभएका पीठाधीश मस्ट बाबाले हिन्दू धर्मले नै मानिसलाई राम्रो बाटामा लाग्न प्रेरित गर्ने भएकाले यस धर्मलाई ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष आचार्य पण्डित कृष्णकान्त काफ्लेले नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिए पनि हिन्दूधर्मको महिमामा कुनै कमी नआएको बताउनुभयो ।

नेपाल महर्षि फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले वेदले मानिसलाई अन्धकारबाट उज्यालोतर्फ लैजान प्रेरित गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.