प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको छ : मुख्यमन्त्री पोखरेल

खस्यौली, २१ माघ : प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको बताउनुभएको छ ।

प्रदेश नं. ५ को स्थापना दिवसका अवसरमा बुटवलमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “कानूनी शासन व्यवस्थालाई सवल बनाउन प्रदेशसभाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ”

मुख्यमन्त्री पोखरेलले सङ्घीय प्रणालीमा शक्ति पृथकीकरणको प्रयोग भएको उल्लेख गर्दै प्रदेशस्तरमा व्यवस्थापिका र कार्यपालिकाले काम गरिरहेको जानकारी दिुनभयो । उहाँले भन्नुभयो, “हामीले विकासको आकाङ्क्षा र मौलिक लोकतन्त्रको प्रयोग आफ्नो ढङ्गले गरिरहेका छौं ।”

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले प्रदेशको राजधानी र नामकरणको विषयलाई टुङ्गो लगाउन ढिला भएकोमा चिन्ता व्यक्त गर्दै प्रतिपक्षले सरकारसँग सबै विषयमा हातेमालो गर्न तयार भएको बताउनुभयो ।

सङ्घीय समाजवादी पार्टीका सन्तोष पाण्डेले प्रदेशको विकासका लागि सबैको सुझाव र सहयोग आवश्यक भएको बताउनुभयो । प्रदेशसभाका ८६ सदस्यमध्ये अधिकांश अनुपस्थित रहेको सो कार्यक्रममा थारु संस्कृतिको झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रदेशसभाका पूर्वसचिव सुरेन्द्र अर्याल, डा मनबहादुर विक, प्रेम भट्टराईलगायतका कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.